काठमाडौं । ललितपुरको कुपण्डोल, थापाथली ब्रिज नजिकै अवस्थित द वेस्टमिन्स्टर कलेजले छोटो समयमै आफूलाई आईटी शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै गएको छ । कलेजले बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स जस्ता चार वर्षे कार्यक्रम सञ्चालन गर्दै आएको छ, र आफ्ना सबै कार्यक्रमलाई वेस्टमिन्स्टर विश्वविद्यालयको शैक्षिक संरचना, पाठ्यवस्तु र अन्तर्राष्ट्रिय मानकसँग जोडेर अघि बढाइरहेको छ ।
द वेस्टमिन्स्टर सन् २०२२ मा स्थापना भएको हो र नेपालमा ब्रिटिश शिक्षाको विस्तारमा सक्रिय ब्रिटिश एजुकेसन ग्रुपले यसलाई सञ्चालनमा ल्याएको हो । कलेज प्रमुख अरुण लाल जोशीका अनुसार संस्थाले सुरुदेखि नै “सस्तो, गुणस्तरीय र समावेशी शिक्षा”लाई आफ्नो भिजन बनाएको छ र दुई वर्षकै अवधिमा विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।

‘२ वर्षको अवधिमै विद्यार्थीको रोजाइमा पर्न सफल भएका छौं । सस्तो, गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने हाम्रो भिजन हो । त्यसै अनुसार काम गरेरहेका छौं ।’
कलेजको पहिचान केवल एउटा आईटी कार्यक्रम सञ्चालन गर्ने संस्थामा सीमित छैन; यसले शिक्षालाई समस्या समाधान, व्यवहारिक सीप र उद्योगसँगको सिधा सम्बन्धसँग जोड्ने प्रयास गरेको देखिन्छ । कलेजको पाठ्यक्रममै प्रब्लम-बेस्ड लर्निङ समावेश गरिएको छ, जहाँ रियल-लाइफ प्रोजेक्ट, केससम्बन्धी अध्ययन र व्यवहारिक कार्यमार्फत विद्यार्थीलाई सिकाइन्छ ।
‘एउटा विद्यार्थी कसरी प्रब्लम सल्भर हुन सक्छ । समास्याहरूलाई समाधान गर्दै र त्यसबाट समुदायलाई कसरी सहयोग गर्ने भन्नेमा हामी केन्द्रित हुन्छौं । यो हाम्रो कलेजको विशेषता नै हो,’ जोशीले भने ।
शुक्रबारलाई ‘एक्टिभिटी डे’ तोकेर इन्टर्नशिप, प्रोजेक्ट र अतिरिक्त शैक्षिक गतिविधिमा जोड दिने नीति पनि कलेजको विशेषता बनेको छ ।
कलेजले सञ्चालन गरेका दुवै कार्यक्रम अन्तर्राष्ट्रिय स्तरका चार वर्षे यूके डिग्री हुन् । बीएससी (अनर्स) कम्प्युटर साइन्स कार्यक्रममा विद्यार्थीले मोबाइल र वेब कम्प्युटिङ, डाटा साइन्स, सफ्टवेयर इन्जिनियरिङ, सफ्टवेयर सेक्युरिटी र आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयमा अध्ययन गर्ने व्यवस्था छ । यसै कार्यक्रमभित्र डाटा साइन्स एनालिटिक्स, मोबाइल एन्ड वेब इन्जिनियरिङ, एआई, इन्टरनेट अफ थिङ्स र मेसिन लर्निङ जस्ता पक्षलाई पनि जोड दिइएको छ ।
त्यस्तै, बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स कार्यक्रममा डिजिटल सुरक्षा, डिजिटल फरेन्सिक्स, इन्सिडेन्ट रेस्पोन्स, मालवेयर एनालिसिस, वायरलेस नेटवर्क सेक्युरिटी, वेब एप्लिकेसन सेक्युरिटी र क्लाउड कम्प्युटिङजस्ता विषय समेटिएका छन् । यो कार्यक्रमले विद्यार्थीलाई केवल साइबर आक्रमण बुझ्ने मात्र होइन, त्यस्ता घटनापछि डिजिटल प्रमाण संकलन र विश्लेषण गर्ने व्यवहारिक क्षमतासमेत दिन खोज्छ ।
द वेस्टमिन्स्टरको अर्को उल्लेखनीय पक्ष यसको शैक्षिक टिम हो । कलेजका अनुसार यहाँ विश्वविद्यालयबाट प्रशिक्षित, अन्तर्राष्ट्रिय अनुभव भएका शिक्षकहरूले पढाउँछन्, र आवश्यकता अनुसार गेस्ट लेक्चरर तथा भिजिटिङ प्रोफेसरसमेत ल्याइन्छ । त्यसैले यहाँ एकेडेमिक ज्ञान र उद्योगको वर्तमान अभ्यासबीचको दूरी कम गर्ने प्रयास स्पष्ट देखिन्छ । कलेजले आफ्नो शिक्षण संसाधन, कम्प्युटर, इन्टरनेट, पुस्तकालय र प्रविधिमैत्री सुविधालाई पनि विद्यार्थीको पहुँचमा राख्ने दाबी गरेको छ ।
विद्यार्थीहरूलाई आईटी उद्योगमा काम गरिरहेका फ्याकल्टीले पढाउने जोशीले जानकारी दिए । ‘हामीसँग आईटी उद्योगमा काम गरिरहेका शिक्षकहरू हुनुहुन्छ । हामीले इन्डष्ट्री र एकेडेमीयालाई सँगसँगै लैजान गरेका छौं,’ जोशीले आइसिटी समाचारसँग भने, ‘यस बाहेक आईटी उद्योगका अनुभवि व्यक्तिहरू गेष्ट लेक्चरको रूपमा आउनु हुन्छ ।’

कलेजको पाठ्यक्रमले विद्यार्थीलाई केवल किताबी ज्ञानमा रोक्दैन । विद्यार्थीले अभ्यास, समूहकार्य, लेखन, अनुसन्धान प्रतिवेदन, परीक्षा र प्राक्टिकल कार्यमार्फत मूल्याङ्कन सामना गर्नुपर्छ । यसले उनीहरूलाई कलेज जीवनपछि उद्योगको वास्तविक चुनौतीका लागि तयार पार्ने उद्देश्य राख्छ । कम्प्युटर साइन्सका विद्यार्थीले सफ्टवेयर विकास, डाटा एनालिटिक्स, एआई, क्लाउड इन्जिनियरिङजस्ता करियरतर्फ जान सक्ने सम्भावना देखाइएको छ भने साइबर सेक्युरिटीका विद्यार्थीका लागि साइबर सुरक्षा विश्लेषक, नेटवर्क सेक्युरिटी इन्जिनियर, पेनिट्रेशन टेस्टर र डिजिटल फरेन्सिक्स इन्वेस्टिगेटरजस्ता भूमिका खुल्ने उल्लेख छ ।
कलेजले भर्ना प्रक्रियामा पनि अन्तर्राष्ट्रिय तालमेललाई प्राथमिकता दिएको छ । वर्षको सेप्टेम्बर र जनवरी गरी दुई इन्टेक राखिने गरिएको छ, र प्राप्त विवरणअनुसार जनवरी इन्टेकका लागि भर्ना खुलिरहेको छ । कलेजको वेबसाइटमा पनि ५५ प्रतिशत वा सो सरह योग्यतासहित १०+२/सीबीएसई वा ए-लेभल बराबरको शैक्षिक पृष्ठभूमि आवश्यक पर्ने उल्लेख छ । कक्षा सानो संख्यामा सञ्चालन हुने भएकाले शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
द वेस्टमिन्स्टरको क्रेडिट ट्रान्सफर सुविधा पनि विद्यार्थीका लागि महत्वपूर्ण आकर्षण बनेको छ । कलेजका अनुसार दोस्रो वा तेस्रो वर्षमै साझेदार विश्वविद्यालयमा ट्रान्सफर गर्न सकिने र त्यस प्रक्रियामा कलेजले पूर्ण मार्गदर्शन गर्ने व्यवस्था छ । विद्यार्थीले नेपालमा बैचलर अध्ययन सकेर चाहेको अवस्थामा बेलायतमा साझेदार विश्वविद्यालयमा पोस्टग्रेजुएट अध्ययन गर्दा छुट शुल्कमा पढ्न सक्ने र हरेक वर्ष समर स्कूल पनि हुने उल्लेख छ । यसले कलेजलाई नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक नेटवर्कमा जोडिने एउटा पुलका रूपमा प्रस्तुत गर्छ ।
आफूहरूको उद्देश्य ४ वर्ष नेपालमै पढाउने रहेको जोशी बताउँछन् । ‘हाम्रो उद्श्य भनेको ४ वर्ष नेपालमा पठाउने र नेपालबाटै विश्वस्तरीय जनशक्ति तयार गर्ने हो,’ उनी भन्छन्, ‘यदी कसैलाई ट्रान्सफर गर्न मन लाग्यो भने ट्रान्सफरको सुविधा छ ।’
कलेजले समावेशी शिक्षालाई पनि आफ्नो पहिचान बनाएको छ । आर्थिक रूपमा सक्षम नभएका तर प्रतिभावान विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था रहेको कलेजले जनाएको छ । योग्य विद्यार्थीका लागि व्यापक छात्रवृत्ति योजना रहेको उल्लेख छ भने मन्त्रालयले तोकेको १० प्रतिशत छात्रवृत्ति समेत लागू हुन्छ । यसले मेधावी, जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पढाइको पहुँचबाट वञ्चित हुन नदिने उद्देश्य देखाउँछ । शुल्क संरचना पनि स्पष्ट रूपमा वेबसाइटमा राखिएको छ जुन यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।
द वेस्टमिन्स्टर कलेजको मूल्य प्रस्ताव अन्ततः एउटै कुरामा केन्द्रित देखिन्छ, नेपालमै बसेर विश्वस्तरीय आईटी जनशक्ति तयार गर्नु । कलेज प्रमुख अरुण लाल जोशीको भनाइमा, उद्देश्य चार वर्ष नेपालमै पढाएर यहींबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो, तर चाहने विद्यार्थीका लागि ट्रान्सफरको सुविधा पनि खुला राखिएको छ । यही सोचका कारण कलेजले ‘प्रब्लम सल्भर’ तयार गर्ने, समुदायलाई सहयोग गर्ने र विद्यार्थीलाई उद्योगमैत्री बनाउने लक्ष्य लिएको छ ।
अब कलेजले परियोजना शोकेस, नेपाल–बेलायत संयुक्त प्रोजेक्ट, स्टुडेन्ट एक्सचेन्ज, समर स्कूल र जब फेयरजस्ता कार्यक्रम अघि बढाउने योजना बनाएको छ । यससँगै स्टार्टअप संस्कृतिलाई प्रोत्साहन गर्ने, आइडियालाई व्यवसायिक रूप दिने र विद्यार्थीलाई पढाइसँगै रोजगारी तथा उद्यमशीलताको बाटोमा लैजाने तयारी पनि कलेजले अघि सारेको छ । आइटी क्षेत्रमा निरन्तर परिवर्तन भइरहेका बेला द वेस्टमिन्स्टरले शिक्षा, प्रविधि र उद्योगलाई एउटै फ्रेममा राखेर आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेको छ ।
कलेजले आईडियालाई स्टार्टअपको रूपमा लैजान पूर्वाधार विकासमा पनि जोड दिएको जोशीले बताउँछन् । ‘स्टार्टअपलाई प्रोत्साहन गर्दैछौं । अबको युवाले चार वर्ष कुरेर बस्नु पर्दैन् । अहिले पनि कलेजमा पढिरहेका विद्यार्थीले विभिन्न कम्पनीमा काम गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले आईडियालाई स्टार्टअपको रूपमा लैजना पूर्वाधार विकास गर्देछौं । युवाहरूमा ठूलो सम्भावना छ ।’
स्नेहा झा