कीवर्डहरू -

प्रदेशमा प्रविधि

कोशी प्रदेश बजेट : छात्रा सशक्तिकरणका लागि विशेष कार्यक्रम, १०० विद्यालयमा डिजिटल बोर्ड जडान गरिने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले बालिका शिक्षालाई सशक्त बनाउँदै क्षमता विकास, अवसर विस्तार र सामाजिक सशक्तिकरणलाई केन्द्रमा राखेर कार्यक्रम अघि सारिएको बताए ।

उक्त कार्यक्रमका लागि प्रदेश सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारका अनुसार यो कार्यक्रममार्फत प्रदेशभरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

कार्यक्रमले छात्राहरूको शैक्षिक पहुँच विस्तार गर्नुका साथै उनीहरूको आत्मविश्वास, सीप विकास र आत्मनिर्भरता बढाउने उद्देश्य राखेको छ ।

यसैबीच, कोशी प्रदेश सरकारले शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान गर्ने योजना अघि सारेको छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

डिजिटल प्रविधिको प्रयोगले कक्षा कोठाको शिक्षण पद्धतिलाई आधुनिक, अन्तरक्रियात्मक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

शिक्षा तथा खेलकुद क्षेत्रका लागि समग्रमा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । यसलाई मानव संसाधन विकास र दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणको आधारका रूपमा लिइएको छ ।

सरकारका अनुसार शिक्षा क्षेत्रमा गरिएको लगानीले लैङ्गिक समानता, समावेशीकरण र प्रदेशको समग्र विकासलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रदेशमा प्रविधि

काठमाडौं महानगरको नीति सार्वजनिक : डिजिटल रूपान्तरण र स्मार्ट शहरी विकासमा जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । …

ललितपुर महानगरपालिकाको वेबसाइट ह्याक, अनधिकृत सामाग्री देखियो

ललितपुर । ललितपुर महानगरपालिकाको आधिकारिक वेबसाइट (lmc.gov.np) ह्याक भएको आशंका गरिएको छ । वेबसाइटमा अन…

कृषि, शिक्षा र स्टार्टअपमा जोड दिँदै मधेसको नीति पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्…

‘डिजिटल गण्डकी सम्वाद २०२६’ सम्पन्न, डिजिटल नेपालको नयाँ मार्गचित्र सार्वजनिक

पोखरा । नेपालको सूचना प्रविधि आइटी क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्…

टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : मन्त्रालय घटाउनेदेखि डिजिटल सेवा विस्तारसम्मका योजना

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि तथा प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०…

डिजिटल सेवा सुधारतर्फ काठमाडौं महानगर, SDOC मार्फत प्रणाली विकास र सञ्चालन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न विभागहरूको सूचना प्रविधि तथा डिजिटल प्रणाली विकास, खरिद, सञ्चाल…

बागमती नगरपालिकाद्वारा उद्यमशीलता प्रवर्द्धन तालिमका लागि आवेदन आह्वान

सर्लाही । बागमती नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार तथा अर्धबेरोजगार नागरिकलाई स्वरोजगा…

प्रविधिको फड्को : भोजपुरमा घरबाटै जग्गाको नक्सा हेर्न र डाउनलोड गर्न सकिने

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै अब नागरिकले घरमै बसेरै जग्गाको नक्सा प्राप्त गर्न सक्ने व्यवस्था लागू भएपछि…

छात्रवृत्तिमा कक्षा ११ अध्ययनका लागि पोखरा महानगरद्वारा आवेदन आह्वान

पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमार्फत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेक…

सेवा प्रवाहमा डिजिटल सुधार : ललितपुर महानगरको नयाँ मोडल चर्चामा

ललितपुर । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको एकद्वार सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । नागरिकलाई स…

दाङमा विद्युत् महसुल भुक्तानी पूर्ण रूपमा डिजिटल हुँदै, काउन्टर सेवा बन्द गरिने

दाङ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दाङका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल भुक्तानी प्रणालीलाई पूर्ण र…

काठमाडौं वडा १७ मा स्मार्ट गभर्नेन्स, एआई मार्फत नागरिक सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अत्याधुनिक ‘कलबो…

दुर्गम क्षेत्रका बासिन्दालाई राहत : अब नक्साका लागि सदरमुकाम जानु नपर्ने

तनहुँ । तनहुँ जिल्लामा डिजिटल प्रविधिको प्रयोगसँगै जग्गा सम्बन्धी सेवा प्रवाह सहज र आधुनिक बन्दै गएको छ । यसअघ…

दर्शनार्थीका लागि सहज सञ्चार : पाथीभरामा फोरजी सेवा सुरु

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सहज सञ्चार सुविधा उपलब्ध गरा…