कीवर्डहरू -

प्रदेशमा प्रविधि

उद्योग दर्तादेखि नवीकरणसम्म, बागमतीका १३ जिल्लामा सबै सेवा अनलाइनबाटै

काठमाडौं । बागमती प्रदेश सरकारले उद्योग प्रशासनसम्बन्धी सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रदेशका सबै १३ जिल्लामा उद्योग प्रशासन सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य लिइएको हो ।

प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका प्रवक्ता कुमार तामाङका अनुसार हाल उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरबाट उद्योग दर्ता, नवीकरण, नामसारीलगायतका सेवा अनलाइनमार्फत प्रदान गर्न थालिएको छ । यही प्रणालीलाई विस्तार गर्दै प्रदेशका सबै जिल्लामा लागू गर्ने तयारी गरिएको उनले बताए ।

मन्त्रालयले चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली स्थित उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गरिसकेको छ । आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै १३ कार्यालयलाई नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले नमूना कार्यालय व्यवस्थापन मापदण्ड समेत तयार गरिसकेको छ । डिजिटल सेवा विस्तारसँगै उद्योग प्रशासनलाई थप छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बागमती प्रदेशमा ४ हजार ९५६ उद्योग र २ हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन् । यसैबीच, बजारमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा प्रविधि

सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार, मोदी गाउँपालिकाद्वारा स्मार्ट बोर्ड हस्तान्तरण

पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने अभियानअन्तर्गत माध्यम…

नगरपालिकामा धाउनुपर्ने झन्झट अन्त्य, वीरेन्द्रनगरका सेवा अब अनलाइनमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अब डिजिटल प्रशासनतर्फ तीव्र गतिमा अघि बढ्ने भएको छ । आगामी आर्थि…

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : अब २४ सै घण्टा स्मार्टफोनबाटै सेवा

काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिल…

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु, बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चाल…

उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभि…

डिजिटल युगतर्फ सुदूरपश्चिम : बजेटमा कृषि, सीप र प्रविधिको ‘टेक ट्रान्सफर्मेसन’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट स…

कर्णालीको बजेटमा नयाँ दृष्टिकोण : कृषि आधुनिकीकरण, एआई प्रयोग र डिजिटल प्रशासनको योजना

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको …

डिजिटल लुम्बिनीको रोडम्याप : एआई, डाटा र स्मार्ट सेवामा प्रदेशको लगानी

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक …

सीपयुक्त युवा, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल प्रदेश : गण्डकी बजेटको नयाँ लक्ष्य

पोखरा । हिमालका उकाली–ओरालीमा परम्परागत घुम्ती गोठ प्रणालीमा पालिँदै आएका चौपायदेखि शहरका डिजिटल से…

बागमतीको बजेटमा ‘समृद्ध प्रदेश’को खाका : उद्योग, कृषि र डिजिटल क्रान्तिको योजना

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्व…

युवतीमाथि चक्कु देखाउँदै कुटपिट, सामाजिक सञ्जालमा भाइरल भएपछि एक युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक यु…

किसानको खातामा सिधै अनुदान, युवालाई स्टार्टअप कर्जा : मधेश बजेटको नयाँ मोडल

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सा…

डिजिटल प्रदेश बनाउने लक्ष्यसहित कोशीको बजेट : स्मार्ट शिक्षा, ई-गभर्नेन्स र प्रविधिमा ठूलो लगानी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्…

बागमती प्रदेशको ६६ अर्बको बजेट सार्वजनिक, पूर्वाधार र उद्यमशीलतामा जोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोडभन्दा बढीको बजेट सार्वजनिक…

सञ्चार र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने कर्णाली सरकारको घोषणा

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीहरूको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा …