कीवर्डहरू -

अपडेट

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टको घोषणा

ओपोले आधिकारिक रुपमा ओपो रेनोभेटर्स २०२१, ईमर्जिंग आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ ।

विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधि मार्फत भविस्यको सटिक कल्पना गर्न सघाउने प्लेटफर्ममा रुपमा सघाउनेपनि ओपो रेनोभेटर्स २०२१ को उद्देश्य रहेको छ ।

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयिमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसंग प्रेरितहुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करियर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्नेछ ।

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधि मार्फत आफ्ना श्रृजना तथा सोच प्रस्फूटनका लागि प्रेरित गर्छ । कार्यक्रमको ब्राण्ड ईनिशियटर (आरम्भकार)का रुपमा ओपोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिंग विलियम ल्यूले भने, ‘ओपोले सँधै नै श्रृजनात्मक यूवा पुस्ताका शक्ति माथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामू ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका यूवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

यस बर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रुपमा प्रकाशलाई सँधैनै मायाँ तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रुपमा लिने गरिन्छ ।

प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत यूवा रचनाकारहरुलाई कलाको नयाँ सिमा कोर्दै तिनको श्रृजनशिलताका लागि झिल्का प्रदान गर्न सकिने कुराप्रति आशावादी रहेको कम्पनीले जनाएको छ ।

ओपो रेनोभेटर्स २०२१ को विषय, प्रकाश मातहत आर्ट टेक र आर्ट टोय गरी दूई ब्यवसायिक प्रतिस्पर्धाका कोटी सम्मिलित छन् । साथै, रचनात्मक उत्साहीहरुका लागि पोट्रेट खिच्ने स्पर्धापनि राखिएको छ ।

आर्ट टेक कोटीमा यूवा कलाकारहरुले स्वतन्त्ररुपमा कला र प्रविधिको फ्यूजन प्रस्तुत गर्न सक्नेछन् । आर्ट टोय कोटीमा कलाकारहरुलाई ओपोको म्यासकोट, ओलीमा आफ्नो श्रृजनात्मक स्वतन्त्रता कलेक्टिबल डिजाइनर टोयका रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यसैगरी, पोट्रेट क्याप्चर कोटीमा प्रतिस्पर्धीहरुले पोट्रेट ईमेज वा भिडियो मार्फत मानव कथाहरु प्रस्तुत गर्न सक्छन् ।

ओपो रेनोभेटर्स २०२१ ले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरुको विकासका लागि ओपोको ग्लोबल संसाधन प्रयोगमा ल्याउने जनाइएको छ ।

विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरु लन्डन डिजाइन फेस्टिवल र दुबई वल्र्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिशन तथा ग्लोबल अनलाइन एग्जिबिशनहरुमा प्रदर्शित हुने अवसर प्रदान गरिने जानकारी दिइएको  छ ।

साथै, रेनोभेटर्स २०२१मा सहभागिता जनाउने यूवा डिजाइनर्सले ओपोको अनुबन्धित डिजाइनर हुँदै ब्यवसायिकरुपमा आफ्नो रचनात्मक सोचलाई सार्थकता प्रदान गर्ने अवसर समेत हात पार्न सक्नेछन् ।

ओपो रेनोभेटर्स २०२१ को आयोजना विश्वका उत्कृष्ट आर्ट तथा डिजाइन संस्थाहरु संगको मात्र सहकार्यमा नभइ यसमा चर्चित कलाकार तथा डिजाइनरहरु निर्णायक मन्डलीमा सम्मिलित छन् ।

सम्मिलित चर्चित नामहरुमा लेजेन्डरी अन्तरराष्ट्रिय डिजाइनर तथा भिडियो आर्ट गेरी हिलका संस्थापकहरु मध्यका एक कासिवा साटो, अडियोभिज्यूअल आर्टिस्ट र्‍योची कूरोकावा र ब्राण्डिंग कन्सल्ट्यान्ट टोम्मि ली रहेका छन् ।

ओपो रेनोभेटर्स २०२१मा भाग लिन तथा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । प्रतिस्पर्धामा सहभागिताका लागि आर्टवक्र्स अगस्ट २९, २०२१ सम्म भन्दा अगाडी सबमिट (बुझाउनु) पर्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८, २०२१ अगाडी घोषणा गरिने जानकारी दिइएको छ ।

अपडेट

उज्ज्वल थापाको उपचार गरी बाँकी रहेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख प्रदान

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट राष्ट्रिय आव…

साओमी बन्यो पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता

साओमी पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता बन्न सफल भएको छ । विश्वव्यापी प्रवि…

दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका

ईकमर्स कम्पनी दराजले आइतबारदेखि ‘दराज महाबचत बजार’ अभियान सुरु गरेको छ । कम्पनील…

‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध

वैदेशिक रोजगारीका विविध पाटोलाई समेटेर तयार गरिएको 'वैदेशिक रोजगार' मोबाइल एप…

फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना

इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका…

युवा वैज्ञानिक अवार्डको लागि निश्चल बानियाँ मनोनित 

बाग्मती युनेकस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनित भ…

विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने

काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पु…

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमै…

डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा

बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्य…

सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा 

नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्…

५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज…

नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने

नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै …

म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका

फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…

पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने

पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…

महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई

वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…