कीवर्डहरू -

अपडेट

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । बिहीबार राति १२ बजेदेखि डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकिएको हो ।

गत असार १ गतेदेखि असार ३१ गतेसम्म निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत आफ्नो परिकल्पना पठाउने समय सीमा तोकिएको थियो ।

एक महिनाको अवधिमा ३५० भन्दा बढीको परिकल्पना आएको आयोजकले बताएको छ । शुक्रबारदेखि छनोट प्रक्रिया शुरू भएको छ ।

छनोटका लागि ९ जनाको मूल्यांकन समिति बनाइएको छ । पठाइएको परिकल्पना मध्येबाट उत्कृष्ट ७ परिकल्पनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्टलाई १ लाख नगद रुपैयाँ पुरस्कार राखिएको छ भने दोश्रो हुने दुई जनालाई जनही ५० हजार र तेस्रो हुने चार जनालाई जनही रू. २५ हजार नगद पुरस्कार दिइनेछ ।

यसबाहेक पनि विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक केही अफरहरू प्राप्त गर्ने छन् । आगामी भदौ ४ गते पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने एनआइसी एसिया बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसीसीए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनरको रूपमा रहेका छन ।

त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ ।

अपडेट

जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…

कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …

अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर

ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द ह…

क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने

क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फ…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस

माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब व…

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना 

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टि…

अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट 

टेस्लाका सीईओ एलन मस्कले अन्तरिक्षमा जान रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकमा …

रुसको र्‍यान्समवेयर  समूह ‘रेभिल’ इन्टरनेटबाट गायब

रुसको र्‍यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब भएको छ । अहिलेसम्म थुपै ठूला ठू…

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मोबाइल एप, यस्ता छन् सुविधा 

नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित एक भर्चुअल …

विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान

टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको …

इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत

इन्स्टाग्रामले सेक्युरिटी चेकअप नामक नयाँ फिचर ल्याएको  छ । यसले ह्याक भएपछि पनि इन्…

कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने

ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर ई…

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)

डिशहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक गरेको छ । डिशहोम …

अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन

सातौं संस्करणको वाई वाई ग्लोकल टिन हिरोका लागि केही दिनअघि आवेदन खुल्ला भएको थिय…

अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध

युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिका…