अपडेट
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ ।
बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासंघले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा सूचना प्रत्येक घन्टा अद्यावधिक गर्ने, अनलाइनबाटै सामान खरिदको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको हो ।
क्यान महासंघले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत) हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सुचना अनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सुचनाहरुलाई वास्तविक समयमा आधारित बनाउन अनुरोध गरेको छ ।
हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा सुचना दैनिक अद्यावधिक गर्ने व्यवस्थालाई परिवर्तन गरि कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सुचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक व्यवस्थास्थापनका निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवाहरुलाई क्यान महासंघले ध्यानाकर्षण गराएको छ ।
महासंघले आजका दिनमा धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका - वास्तविक सुचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद नभएको बताएको छ ।
प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको र ‘डिजिटल नेपाल फ्रेमवर्क- २०७६’ को कार्यान्वयन सोहि अनुसार हुनुपर्ने क्यान महासंघको धारणा रहेको महासंघका महासचिव नारायण थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको बिषयमा समेत क्यान महासंघले गंभिर ध्यानार्कषण भएको बताएको छ ।
दुरसंचार अत्यावश्यक सेवामा रहेको तर कम्प्यूटरजन्य सामानहरु बिक्री बितरण तथा मर्मत बन्द रहेको, ‘होम स्कुलिङ्ग’ संचालनमा रहेको तर त्यसलाई आवश्यक हुने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको कारण आगामी दिनमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाई हुन सक्ने तर्फ पनि क्यान महासंघले ध्यानार्कषण गराएको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि मानिसहरुको आबत-जावतलाई कम गराउनका निमित्त औषधि, खाद्यवस्तु लगायतका अन्य अत्यावश्यक बस्तु किनमेलका निमित्त घर वाहिर निस्कनु भन्दा अनलाईन किनमेल गरी घर दैलोमा सरसमानहरुको होम डेलिभरी गराउनु उचित हुने हुंदा सोका निमित्त आवश्यक प्रवन्धका निमित्त पनि क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।’
भारत, चीन लगाएत अन्य देशमा समेत निषेधाज्ञाका समयमा होम डेलिभरी सेवालाई अनुमति दिएका कारण निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन सकेको कुरा स्मरण गराउंदै अनलाईन किनमेललाई बढावाका निमित्त समेत होम डेलिभरी सेवा (इकमर्स) लाई डाँक सेवा सरहको मान्यता दिएर निर्वाध रुपमा संचालन गराउन क्यान महासंघले नेपाल सरकारसंग अनुरोध गरेको छ ।
हाल सरकारले संचालन गर्न दिएको समयमा संचालित औषधि, खाद्यवस्तु, दुध लगायतका पसलहरुमा अनिवार्य रुपमा इ-बैकिङ्ग मार्फत भुक्तानी लिने व्यवस्था गरेर नगद कारोवारलाई निरुत्साहित्त गर्न समेत संबन्धित सरोकारवालाहरुलाई क्यान महासंघले आग्रह गरेको छ ।
अपडेट
एआईबाट सञ्चालन हुने विश्वकै पहिलो इन्टेलिजेन्ट जहाज मे फ्लावर ४०० को विकास
मे फ्लावर ४०० नामक स्वायत्त जहाज मान्छेबिनानै एटलान्टिकमा यात्रा गर्नेछ । यसले बेलाय…
टेलिकमको भीओएलटिई सेवा लिन के कुरा गर्ने दुबै जना यो सेवामा जोडिनु पर्छ ?
नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा सुरू गरेको छ ।
लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेशको घोषणा
विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाईसेन्सरका रुपमा एचईभीसी एडभा…
फाइभजीको लागि ६ गिगाहर्जको लाइसेन्स दिन जीएसएमएद्वारा सरकारहरुलाई आग्रह
सरकारहरुलाई ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभजीको ग्लोबल भविष्य जोखिम…
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुँदै
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरु…
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि विकास
ब्रेन इम्प्लान्टले प्यारालाईसिस भएको व्यक्तिलाई आफ्नो दिमागमै सोचेर लेख्न दिने प्रविधि …
दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट
नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा दोस्रो दिनमा ५ हजार मोबाइल सेटम…
एन्ड्रोइड १२ मा नोटिफिकेसन र विजेटमा परिवर्तन आउँन सक्ने
एन्ड्रोइड १२ मा अब नोटिफिकेसन र विडजेटमा परिवर्तन आउँन सक्ने भएको छ । यसको बारेमा…
नाष्टले बनाएको अक्सिजन सिलिन्डरको पहिलो परीक्षण उत्साहजनक, हप्तादिनमा दोस्रो गर्ने
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सुरु गरेको अक्सिजन ग्यास सिलिण्डर उत्पादनको पहिलो परीक्षण गरिएको छ । <…
सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्न सकिने
बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विभिन्न काम गर्दै …
बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ
चितवनबाट निषेधाज्ञाको समयमा बिजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई ज…
क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने
क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने भएको छ । यो भ्वा…
चीनले मङ्गल ग्रहमा रोभर लञ्च गर्याे, चीनको स्पेस उद्योग विकासमा मद्दत पुग्ने विश्वास
चीनको जुरोङ नामक रोभर मङ्गल ग्रहमा लञ्च गरेको छ । जुरोङ नाम चिनियाँ आगोको भगवानब…
नबिल आई कार्डका लागि अनलाइनबाटै निवेदन दिन सकिने, यस्तो छ तरिका
नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत न…
यी हुन् विश्वका १० प्रमुख डिजिटल भुक्तानी गेटवे
विश्वभर कोरोना संक्रमणले डिजिटल भुक्तानीको महत्व बढाएको छ । विश्वभरका देशहरुले सके…