कीवर्डहरू -

अपडेट

कोरोनाले बढायो ब्यान्डविथ आयात, ७ महिनामा एक अर्ब ८२ करोड ब्यान्डविथ आयातमा खर्च

कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारी पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो ।

जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत एक अर्ब १० करोड रुपियाँ नेपालबाट बाहिरिएको छ अर्थात् कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ आयातबापत करिब ७५ करोड रुपियाँ बढी रकम बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

कोरोना सङ्क्रमणकै बीच गत असारमा त एकै महिना करिब ६१ करोड रुपियाँको ब्यान्डविथ आयात भएको देखिन्छ । असोजमा मात्रै करिब ४३ करोड रुपियाँको ब्यान्डविथ आयात भएको तथ्याङ्कले देखाउँछ । चैतदेखि असोजसम्म प्रायः सबै महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ब्यान्डविथ आयात बढेकै देखिन्छ ।

सुबिसु केवलनेटका प्रमुख कार्यकारी अधिकृत विनय साउदका अनुसार कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ प्रयोग नै ३५ प्रतिशतले बढेको र सँगै नयाँ ग्राहक पनि थपिने क्रम बढ्दा आयातबापत बाहिरिने रकम बढेको छ ।

उहाँका अनुसार खासगरी टिकटकको अधिक प्रयोगले पनि ब्यान्डविथका लागि धेरै खर्च बढेको थियो । “अहिले पनि हाम्रै कम्पनीले मासिक ७० लाखभन्दा बढी यस्तै कन्टेन्टको ब्यान्डविथका लागि खर्चिनुपरेको छ,” उहाँले भन्नुभयो ।

निषेधाज्ञाका कारण घरमै बस्नुपर्ने बाध्यताबीच युट्युब, टिकटकजस्ता भिडियो कन्टेन्टको अत्यधिक प्रयोग हुँदा इन्टरनेट ट्राफिक बढेपछि सेवा प्रदायकहरूले सकेसम्म कम भिडियो प्रयोग गर्न आग्रह नै गर्नुपरेको थियो ।

यसबाहेक अनलाइनबाटै पढाइ, बैठक र कार्यालयका कामसमेत हुन थालेपछि इन्टरनेट ब्यान्डविथ आयात बढाउनुपर्ने बाध्यता सेवा प्रदायकलाई थियो । यसबाहेक पब्जीलगायतका भिडियो गेमको अधिक प्रयोगले पनि ब्यान्डविथ व्यवस्थापनमा इन्टरनेट सेवा प्रदायकलाई चाप परेको थियो ।

अधिक अनलाइन गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथ मात्र होइन मोबाइल र ल्यापटपको आयात पनि अत्यधिक बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागकै पछिल्लो तथ्याङ्कअनुसार मङ्सिरसम्म १७ अर्ब ६५ करोड रुपियाँ बराबरको २७ लाख ७३ हजार थान मोबाइल आयात भएको छ ।

नेपालले यो अवधिसम्म धेरै आयात गरेका वस्तुमध्ये डिजेल र स्टिलपछि मोबाइल तेस्रो स्थानमा छ । त्यस्तै समीक्षा अवधिसम्म दुई अर्ब ६० करोड रुपियाँको ल्यापटप आयात भएको तथ्याङ्कले देखाउँछ ।

नेपालले भारतबाट इन्टरनेटका लागि आवश्यक यस्तो ब्यान्डविथ खरिद गर्दै आएको छ । चीनबाट पनि ब्यान्डविथ ल्याउन आवश्यक पूर्वाधार तयार भइसके पनि त्यो एकदमै न्यून छ । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भिœयाउने मुख्य सेवा प्रदायक हुन् ।

यी कम्पनीले ब्यान्डविथ आयात गरेर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । ब्यान्डविथ आयातका लागि सेवा प्रदायकहरूले दूरसञ्चार प्राधिकरणसँग सिफारिसका लागि अनुमति लिनुपर्ने हुन्छ । प्राधिकरणले गरेको सिफारिसका आधारमा नेपाल राष्ट्र बैङ्कले आयातका लागि अनुमति प्रदान गर्छ।

स्रोतः गोरखापत्र अनलाइन

अपडेट

क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल

गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयो…

जनगणनाको तयारी तिब्र रुपमा अघि बढ्यो, यस पटक प्रविधिबाट समेत जनगणना हुने

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण सं…

कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएक…

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल

सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …