अपडेट
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बनाउँदै केयुका विद्यार्थी
कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’ को निर्माण भइरहेको छ ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका हुन् ।
गत वर्ष कोरोना सङ्क्रमणबाट मानिसको मृत्युदर उच्च बन्दै गएपछि मानिसले नछोई शव व्यवस्थापन गर्न सकिने रोबो भ्यान निर्माण थालिएको थियो।
रिमोटबाट चल्ने सो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शव वाहनसम्म तथा शव वाहनबाट जलाउने स्थानसम्म लैजान सहयोग गर्नेछ।
विशेषगरी अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न रोबो भ्यान उपयुक्त हुने जनाइएको छ।
‘गत साल नै शुरु गरिएको रोबो भ्यान थप आर्थिक अभावका कारण रोकिएको थियो, हालै मात्र भ्यान निर्माणका लागि थप रकम आएको छ, हामी निर्माण बाँकी काम शुरु गर्दैछौँ,’ भ्यानका डिजाइनर अभिषेक कार्कीले भने। उनका अनुसार गत सालको कात्तिक महिनामै निर्माण सम्पन्न हुने गरी रोबो भ्यानको निर्माण थालिएको थियो ।
नाष्टको पहिलो किस्ता रु तीन लाख ९५ हजारबाट निर्माण थालिए पनि समयमै दोस्रो किस्ता नआउँदा भ्यान निर्माणको काम रोकिएको थियो।
कार्कीले भने, ‘केही रकम त हामीले खर्चेर निर्माणलाई अघि बढाइयो, तर समयमै थप रकम नआउँदा सामग्री उपलब्ध हुन सकेन र काम त्यत्तिकै रोकिएको थियो।’ उनीलगायत छजनाको अभियान्त्रिक कार्मशाला टोलीले उक्त रोबो भ्यान निर्माणको काम थालेको हो । शव व्यवस्थापनमा नेपालमै पहिलो प्रविधियुक्त उक्त भ्यान निर्माणमा १० लाख लाग्नेछ।
रोबो भ्यानमा डिजिटल डिभाइसमार्फत रोबोटले शव राख्ने र निकाल्ने गर्दछ । कार्कीका अनुसार भ्यानको ९० र रोबोटको ७० प्रतिशत निर्माणको काम सकिएको छ।
‘भ्यान र रोबोटका लागि आवश्यक रकम र सामग्री अभाव नभए अबको एक महिनामा शव व्यवस्थापनको प्रयोगमा ल्याउन सक्छौँ,’ कार्कीले भने। भ्यान प्रयोगमा ल्याइएपछि अस्पतालमा शव व्यवस्थापनका लागि पठाइने जनशक्ति कटौती हुने बताइन्छ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव छुन नुहने भन्ने भएपछि यससम्बन्धी प्रयोगका लागि आफूले परिकल्पना गर्दै जाँदा ‘रोबो भ्यान’को डिजाइन नै उपयुक्त लागेर स्कुल अफ इन्जिनीयरिङका आफ्ना सहपाठीको एउटा टोली बनाएको इन्जिनीयरिङका विद्यार्थी कार्कीले बताए।
‘एक वर्षपछि भए पनि रोबो भ्यान निर्माणको हाम्रो लक्ष्य पूरा हुनेनैछ,’ उनले भने। रोबो भ्यानको परीक्षण सफल भएमा सरोकारवालाबाट बजेट व्यवस्थापन गरी आवश्यकताअनुसार थप भ्यान निर्माण गर्न सकिनेमा अपेक्षा गरिएको छ।
रासस
अपडेट
मुलुकलाई पूर्ण डिजिटाइज गर्न बाध्यकारी नियम बनाउनु पर्छ– अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकलाई पूर्ण डिजिटाइज गर्ने हो भने बाध्यकारी नियम बनाउनु पर्न…
‘सरकारी र निजी क्षेत्रमा डिजिटल ट्रान्सफरमेसनका कार्यहरु अगाडि बढेका छन्’
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सरकारी र निजी क्षेत्रमा डिजिटल…
‘सेल्फी विथ डटर अभियानको सोच सलमान खानको सेल्फी ले ले रे भन्ने गीतबाट आएको हो’
सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता ट…
घरमै औषधिको डेलिभरी गर्दै हाम्रो मेडिकल सेवा, टेलि-मेडिकल सेवाको पनि सुविधा
हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन सकिने र घरैम…
भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ
नेपाल टेलिकमले आज सोमाबरदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको…
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विज्ञबाट कार्यक्रपत्र प्रस्तुति र ‘प्यानल डिस्कसन’ हुने
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विशेष कार्यक्रम गर्दै छ । …
कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ?
नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…
आजदेखि टेलिकमको भीओएलटिई परीक्षण, यी फोनमा चल्नेछ भीओएलटिई
नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…
फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न साओमी नेपालको आग्रह
साओमी नेपालले आफ्ना फ्यानहरुलाई फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न आ…
सरकारलाई महावीरको सुझाबः बिग्रेका प्लान्ट बनाऊ, अक्सिजन कन्सनट्रेटर छिटो ल्याऊ
अस्पतालहरुमा अक्सिजनको महामारी भएपछि सरकारले अन्य स्रोतहरु खोज्न थालेको छ । यसैबी…
प्राधिकरणले सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विशेष कार्यक्रम गर्ने
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष …
गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड
नागरिक एप गूगल प्ले स्टोरमा ५ लाख डाउनलोड भएको छ । गत माघ २ गते बेटा भर्सनको रूप…
कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याक…
एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…
फेसबुक सामग्री समीक्षकः प्रत्येक दिन डरलाग्दो अनुभव
फेसबुकमा काम गर्ने एक जना सामग्री समीक्षक (फेसबुक मोडेरेटर)ले संसदीय समितिमा पहि…