कीवर्डहरू -

अपडेट

ह्वावेद्वारा प्रविधि प्रतीको विश्वास पुनःस्थापना गर्न सार्वजनिक-निजी क्षेत्र सहयोगका लागि आह्वान 

विश्वभरका वर्तमान र भविष्यका लिडरहरूको वार्षिक भेला हुने सेन्ट गलेन सिम्पोजियमले ५० औं वार्षिकोत्सव मनाएको छ । यो कार्यक्रममा तीन–दिने क्रस–जेनरेशनल डाइलगमा सेन्ट गलेन क्याम्पस, विश्वभरि दशवटा स्विस दूतावासहरू र अन्यत्रबाट अनलाइनबाट १ हजार जना सहभागी भएका थिए ।

ह्वावेको कर्पोरेट वरिष्ठ उपाध्यक्ष र द्यइम् सदस्य क्याथरिन चेनले मे ७ को बिहान विद्यार्थी नेतृत्वको अभियानलाई सम्बोधन गरेकी थिइन् ।

निजी क्षेत्रका अन्य शीर्ष वक्ताहरू रोचेका अध्यक्ष क्रिस्टोफ फ्रान्ज, डेमलरमा बोर्ड अफ मानेजमेन्टका अध्यक्ष ओला कालेनियस, माइक्रोसफ्टका मुख्य कार्यकारी अधिकारी सत्य नाडेला, र ज्ऋी कर्पोरेशनका मुख्य कार्यकारी अधिकारी रोशनी नादर मल्होत्रा रहेका थिए ।

अस्ट्रियाका चान्सलर सेबस्टियन कुज जस्ता राजनीतिक नेताहरू र ट्रान्सनेशनल संगठनका प्रतिनिधिहरू जस्तै स्विस डिजिटल इनिसिएटिभको अध्यक्ष डोरिस ल्युथर्ड सहितका सहभागीहरू यस वर्षको सिम्पोजियम, ‘ट्रस्ट मैटरस्’ को विषयवस्तुमा आफ्ना विचारहरू आदानप्रदान गर्न भेला भएका थिए । चेनका अनुसार यसका लागि नीति निर्माता, नियामक र निजी क्षेत्रको संयुक्त प्रयासको आवश्यक पर्दछ ।

‘धेरै उपकरणहरूले कनेक्टिभिटीको सुविधा दिएकोले, थप सेवाहरू अनलाइन गएकोले र धेरै महत्वपूर्ण पूर्वाधारहरू रियल टाइम डाटा एक्सचेन्जहरूमा निर्भर भएकोले, विश्वभरिका सरकारहरूले सबैलाई उच्च सुरक्षा मापदण्डद्वारा सुरक्षित राखेको सुनिश्चित गर्दछ,’ उनले भनिन्, ‘केवल साझा नियमहरूको सेटले मात्र एक स्तरको सुरक्षा ग्यारेन्टी गर्न सक्दछ जसले प्रविधिमा विश्वास सिर्जना गर्दछ ।’

यस वर्षको सेन्ट गलेन सिम्पोजियम मे ५ बाट शुरू भएको थियो । कार्यक्रमका सहभागीहरू विश्वास अन्तर्निहित रुपमा खुलापन र पारदर्शितामा निर्मित छ र यो कोभिड–१९ महामारीको बेला देखा परेका साझा चुनौति र जोखिमहरूलाई सम्बोधन गर्न ठोस, क्रियात्मक कदमहरु चाल्ने समय भएको कुरामा सहमत भए ।

राजनीतिक र आर्थिक संस्था, विशेष गरी युवा पुस्ताहरूमा, उदीयमान टेक्नोलोजी र मिडियामा सार्वजनिक विश्वास हालसालै बिग्रिएको छ, र यो कोभिड–१९ महामारीले बढाएको हो ।

‘हामी युवा पुस्ताका सदस्यका रूपमा सामाजिक मीडियाका माध्यमबाट धेरै व्यक्तिसँग जोडिएका छौं तर यो हामीले विश्वास गर्ने व्यक्तिको सर्कलसँग मेल खाँदैन,’ यस वर्षको सिम्पोजियम आयोजना गर्ने सेन्ट गलेन विश्वविद्यालयका ३५ विद्यार्थीहरूको टोलीका सदस्य साइमन जुलिगरले भने ।

सो टोलीले विश्वासको संरक्षण र सुदृढीकरण गर्ने उपायहरू खोज्नु, एक दिगो रिकभरीको लागि महत्वपूर्ण छ भन्ने आफ्नो धारणा व्यक्त गरेको थियो ।

आउँदो पुस्ताका लिडरहरूले विश्वास निर्माण गर्नेछन् र व्यापक कनेक्टिभिटिको विश्व बनाउने आशा चेनले व्यक्त गरेकी थिइन् ।

‘म उनीहरुलाई समुदाय, व्यक्ति र उनीहरुका वातावरणहरु बीच सकारात्मक सम्बन्ध विकास जारी राख्न आग्रह गर्दछु । हामीले नियमहरू, इनोभेसनहरू र प्रगतिको साझा सेटको सहायताले प्रविधिप्रति बलियो विश्वास निर्माण गर्नुपर्दछ । अनि मात्र हामी दिगो र प्रविधिको विश्वासयोग्य प्रयोगमा प्रतिबद्ध हुन सक्छौं,’ उनले भनिन ।


अपडेट

लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुछ उस्तै, आवश्यक ग्राहकलाई होम डेलिभरी 

लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइर…

आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत …

अनलाइनबाट शुरू भयो निफको चौथो संस्करण, अनुराग कश्यपले सुनाए यस्तो अनुभव

काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महो…

इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…

यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम 

कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आवि…

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको …

इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध

इन्स्टाग्रामले स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर ल्याएको छ । यो फिचर रिल्समा पनि आउन…

कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध


निषेधाज्ञाको कारणले सरकारले तोकेको मितिभित्र कर तिर्न नसक्ने अवस्था सृजना भएकाले भुक्तानी समय थप गर्न कम्प्युट…

पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?

आज विश्व पासवर्ड दिवस । कुनै पनि विद्युतीय खाताको लागि पासवर्ड कति महत्वपूर्ण छ भन्ने कुरा तपाइलाई थाहा नै छ ।

एफवान सफ्टमा १४ जनालाई रोजगारीको अवसर

नेपालको लिडिङ आइटी कम्पनी एफवान सफ्टमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न…

आइएमई पेबाट मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिन सकिने

अब आइएमई पे एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको…

कोभिड लागेका परिवारलाई होम डेलिभरी रोक्दैनौं– ईबिजनेस एसोसियसन अध्यक्ष सागरदेव भट्ट

कोरोना संक्रमण रोक्नभन्दै उपत्यकाका तीन जिल्ला प्रशासनले बुधबारदेखि थप कडाई गरेका छन् ।

अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकको ५ लाख रुपैयाँ आर्थिक सहयोग

सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब…

महसुल नतिरेको निहुमा निषेधाज्ञाभरी इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई प्राधिकरणको आग्रह 


नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पुर्ण सेवा प्रदायकलाई…

टाइमस्ट्याम्प कमेन्ट फिचरको परीक्षण गर्दै युट्युब

युट्युबले टाइमस्टयाप कमेन्टको फिचर परीक्षण गरिरहेको छ । यो फिचरले भिडियोको कुनै ट…