कीवर्डहरू -

अपडेट

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन लागेको हो ।

अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधाका लागि राष्ट्र बैङ्कअन्तर्गत विदेशी विनिमय विभागले प्रस्ताव तयार पारेर राय तथा सुझावका लागि आह्वान पनि गरेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैङ्कले अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको थियो ।

राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् ।

विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गर्न लागेको छ ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधिक गरी प्यान नं लिनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कहरूले कार्ड जारी गर्दाको दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर पाँच सयसम्मको कार्ड जारी गर्न सक्छन् ।

त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिद गर्दा लाग्ने कर अग्रिम रूपमा कट्टा गर्नुपर्ने व्यवस्था छ । प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकपटक वा पटकपटक गरेर बढीमा अमेरिकी डलर पाँच सय बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् ।

प्रयोगकर्ताले नेपालको कानुनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइनमार्फत खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैङ्कले प्रस्तावित व्यवस्थाका सम्बन्धमा सबै सरोकारवाला व्यक्ति तथा निकायसँग आवश्यक राय, सुझाव, पृष्ठपोषण र प्रतिक्रिया पुस मसान्तसम्म दिन आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

अपडेट

राइडरहरुद्वारा पठाओ कार्यालय तोडफोड

पठाओ‌ राइडरहरूले पठाओको कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो माग सम्बोधन नभएको भन्द…

आईसीटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई एनसेलले दियो ३ लाख नगद

एनसेलले आईसीटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्…

अब सफा टेम्पोमा यात्रा गर्दा क्युआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौ उपत्यकामा चल्ने सफा टेम्पुम…

काठमाडौ­ तराई मधेश द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

नेपाल टेलिकम र काठमाडौ­ तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झ…

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपम…

सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी …

पाइला इमरजेन्सी रिससीएटरले पायो एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड

‘एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ पाइला इमरजेन्सी रिससी…

‘प्रोडक्ट आइसिटी अवार्ड २०२०’ सीपीएफडीएसलाई प्रदान

प्रोडक्ट आइसिटी अवार्ड २०२० सीपीएफडीएसलाई प्रदान गरिएको छ । शनिबार सोल्टी होटेलमा …

‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ क्रिप्टोजेन नेपाललाई प्रदान

स्टार्टअप आइसिटी अवार्ड २०२० क्रिप्टोजेन नेपाललाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्र…

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका ला…

एनएमबि बैंक पनि ‘कर्पोरेट पे’ प्रणालीमा, नेपाल क्लियरीङ्ग हाउससँग भयो सम्झौता

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन …

एनसेलले थप्यो २७ अर्ब लगानी

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपे…

आउँदो १२ जनवरीमा एक्सीनोस २१०० सार्वजनिक गर्दैं सामसङ 

सामसङले आगामी जनवरी १२ मा एक्सीनोस २१०० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले…

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…

पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने पक्राउ 

नेपाल प्रहरीको साइबर ब्यूरोले पोर्न साइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना व्यक्तिला…