कीवर्डहरू -

अपडेट

आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने

राष्ट्रिय आविष्कार केन्द्रले अब कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट दिने भएको छ । केन्द्रले अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार यदी तपाईले घरमा ट्याबलेट र कम्प्युटर चलाउनुहुन्छ र त्यसको मेन्टेनेन्स आउँदैन् भने आविष्कार केन्द्रले अनलाइनबाटै सहयोग गर्नेछ ।

कम्प्युटर ह्याक हुनबाट बचाउन र सफ्टवेयर मेन्टेनेन्स गरी सुरक्षित राख्न यो सेवा लिन सकिने महावीर पुनले जानकारी दिएका छन् ।

‘यो सपोर्ट सर्भिस बेलायतमा बसोबास गर्ने हरि कृष्ण न्यौपानेले टेक्नोफेरी भन्ने कम्पनी खोलेर धेरै समय सम्म चलाएका रहेछन् ।  सोही काम उनले अब राष्ट्रिय आविष्कार केन्द्रलाई सिकाउन र  सुम्पन लागेका  हुन्’ पुनले भने ।

बिदेशमा बस्नु हुने नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्र बाट आफ्नो घरको कम्प्युटर र ट्याब्लेट को IT Support Service लिन...

Posted by Mahabir Pun on Monday, 8 February 2021

पुनले अगाडी भने, ‘उनको कम्पनीको  माध्यमबाट सर्भिस नेपालबाट नै दिने हो र सो  सर्भिस दिए बापतको सम्पूर्ण सर्भिस शुल्क राष्ट्रिय  आविष्कार केन्द्रलाई आउने हो ।  राष्ट्रिय आविष्कार केन्द्रले सोहि शुल्क प्रयोग गरेर नेपालमा एउटा सपोर्ट टीम बनाउनेछ र सपोर्ट दिने छ ।’

अनलाइन आईटी सपोर्ट लिन यहाँ क्लिक गरी फारम भर्नुहोस् । तपाईले फारम भरेपछि आविष्कार केन्द्रले सम्पर्क गर्नेछ । सो फारममा कस्ता कस्ता सर्भिसहरु उपलब्ध हुने र बार्षिक शुल्क कति लाग्छ भन्ने कुराको जानकारी समेत दिइएको छ ।

‘तपाईले यो सेवा लिनु भयो भने नेपालमा केही रोजगारीको सिर्जना हुने छ’ पुनले भने, ‘सस्तोमा सेवा पनि पाइने छ र राष्ट्रिय आविष्कार केन्द्रलाई पनि केही आम्दानी हुनेछ ।’

अपडेट

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक…

अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो 

गूगलले अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्न थालेको छ । क्यानबेराले …

वानप्लस नर्डमा आयो सफ्टवेयर अपडेट, डिस्प्ले, क्यामेरा र सफ्टवेयर देखिएका समस्या समाधान हुने

वानप्लसले वानप्लस नर्ड स्मार्टफोनमा आएको सफ्टवेयरको समस्या ठिक गर्न बेटा अपडेट ल्याएको…

हिमालयन बैंकको मोबाइल बैंकिङबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तान…

६ हजार एमएएच ब्याट्री भएको सामसङको ग्यालेक्सी एम १२ सार्वजनिक

सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम १२ स्मार्टफोन सार्वजनिक गरेको छ । क…

एज ब्राउजरको पुरानो भर्सनलाई हटाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरको पुरानो भर्सनलाई  हटाउने भएकाे छ । माइक्रोसफ्टका अनुसार अ…

फागुन १ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं, सहभागीले निःशुल्क इन्ट्रान्स तयारी बुक पाउने

कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी एशोसिएसन अफ नेपालले ‘आइटी करियर कन्क्लेभ’ …

टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्त…

एनसेलको भ्वाइस प्याकबाट भारतमा २५रुपैयाँमा १० मिनेट कल गर्न सकिने

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने ग…

मोबाइलको लतले बालबालिकाको ज्यानै जोखिममा

आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्न…

सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज …

एससीटी र ग्लोबल आईएमई बैंक बीच ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन सेवा संचालन गर्ने सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ ।…

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता

स्न्यापच्याटको स्पटलाईट फिचर सार्वजनिक भएको दुई महिनामा १०० मिलियन प्रयोगकर्ता पुगेक…

ओजी यूजर फोरमसँग सम्बन्धित ४०० इन्स्टाग्राम अकाउन्ट डिलिट

इन्स्टाग्रामले ओजी यूजर फोरमसँग सम्बन्धित रहेको सयौँ अकाउन्ट डिलिट गरेको छ । यो फोर…

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर माघ २९ गतेसम्म सञ्चालन हुने

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर…