कीवर्डहरू -

अपडेट

३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।

कम्पनीले बिहीबार भर्चुअल प्रेस कन्फेरेन्स मार्फत्  ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।

कम्पनीले २ देखि ३ वर्षमा १४ डेटा सेन्टर निर्माण गरिसक्ने जनाएको छ । कम्पनीका अनुसार काठमाडौं, भरतपुर, लेखनाथ, हेटौंडा, भक्तपुर, बुटवल, दुहाबी, बिरगंज, ढल्केबर, अत्तरिया, भैरहवा, कोहलपुर र सुर्खेतमा डेटा सेन्टर बनाइने छ ।

१४ डेटा सेन्टर मध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो हुनेछ । यो डेटा सेन्टरमा ३५० र्‍याक्स हुनेछन् भने  टायर ३ प्रमाणीकरण सहितको हुनेछ । काठमाडौंको डेटा सेन्टरको लागि कम्पनीले जग्गा खरिद गरिसकेको छ भने भवन डिजाइनको चरणमा रहेको छ ।

वर्ल्डलिंकका सिटीओ समित जनाले काठमाडौं र भरतपुरको डेटा सेन्टरका लागि कम्पनीले जग्गा खरिद गरिसकेको र अरु प्रक्रियाकै चरणमा रहेको बताए ।

त्यस्तै काठमाडौं बाहेकका डेटा सेन्टरहरु टायर २ प्रमाणीकरण भएको हुनेछ । यी डेटा सेन्टरहरु अरु संस्थाहरुको प्रयोग गर्न सक्ने छन् ।

भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले आउँदो १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्क्योल डेटा सेन्टरले गर्ने बताए ।

त्यस्तै वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले सरकारले अगाडी सारेको डिजिटल नेपाल अवधारणालाई साकार पार्न पनि डेटा सेन्टर महत्वपूर्ण पूर्वाधार भएको बताए ।

सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन कम्पनीले अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर निर्माण गर्न लागेको उनले जानकारी दिए ।

अपडेट

अब इञ्जिनियरलाई परीक्षा लिएर मात्र इजाजत

नेपाल इञ्जिनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनियरिङ विषयको अध्ययन पूरा गरेका…

हिमाली जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट स…

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुध…

गलत सूचना फैलिन नदिन नयाँ फिचर ल्याउँदै ट्वीटर

ट्वीटरले गलत सूचना फैलिन नदिनका लागी बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसल…

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबु…

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…

लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…

खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई  

नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्…

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्ष…

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड…

स्पेसएक्सले बनायो रेकर्ड, एकै पटक अर्बिटमा १४३ स्याटेलाइट लञ्च

स्पेसएक्सले अर्बिटमा १४३ ओटा स्याटेलाइट लञ्च गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले सफल…

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अन…

काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण शुरु

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृ…

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …