कीवर्डहरू -

अपडेट

माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार

माइक्रोसफ्टले विश्वस्तरमा आयोजना गरेको इमाजिन कप २०१८ मा नेपाली समुहले प्रथम पुरस्कार हात पारेको छ । नेपालको टिम सोचवेयर आर्टिफिसल इन्टेलिजेन्सी विधाको विश्व विजेता भएको हो ।

\"\"
मंगलबार भएको फाइनलमा इमाजिन कप २०१८ को आर्टिफिसल इन्टेलिजेन्स विधाको बिजेता नेपाली प्रोडक्ट सोचवेयर भएको घोषणा गरियो ।

मिलन थापा, शिशिर श्रेष्ठ र इदा रिजालको समुह सोचवेयरले विश्वमा पछिल्लोसमय चर्चामा रहेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्समा उत्कृष्ट अवार्ड जितेको हो ।


सोच्वेरले किसानहरुलाई बिरुवाको रोग पत्ता लगाउने, विशेषज्ञहरु सगँ कुरा गराउने र सल्ला सुझवा दिने विषेशताको कारण यो विधाको बिजेता बनेको हो ।

यस वर्ष इमाजिन कपले १५ हजार अमेरीकी डलरको ३ विधाहरु थपेको थियो, जसमा एआई (आर्टिफिसल इन्टेलिजेन्सी), बिग डाटा, मिक्स रियाल्टी रहेका थिए ।


सोच्वेरले कृषिलाई इन्टरनेट मार्फत किसानका समस्या समाधान गर्न मदत गर्दछ तथा कुषिमा नयाँ पत्ता लगाएका कुराहरुको अपडेट पनि दिने गर्दछ । त्यस्तै इमाजिन कपको बिग डेटा बिधा भारतको ड्रग सेफले जितेको छ र मिक्स रियाल्टी विधा अमेरीकाको पेनग्रामले हात पार्न सफल भएको छ ।

\"\"
यस वर्ष ३३ देशका ४९ टिमहरु विश्व फाईनल प्रतिस्पर्धामा सहभागीता जनाउन पाएका थिए । यस वर्षको इमाजिन कप विश्व च्याम्पीन क्यानेडाको स्मार्ट एआरएम बनेको छ । स्मार्ट एआरएमले माइक्रो सफ्टवेर एयुरेचर प्रयोग गरी प्रोस्थेटिक रोबट हात बनाएको थियो ।

नेपाली समुहले अवार्ड प्राप्त गरेपछि खुसी हुदै माइक्रोसफ्ट नेपालका दिपेन्द« बज्रचार्यले यो जितले नेपालीहरु इनोभेसन र प्रविधिमा कमजोर नभएको प्रमाणित भएको बताए ।

अपडेट

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै

काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्क…

६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा…

फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ \'बक्स अफिस प्रणाली\' लागू

सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु…

एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु 

एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर…

बोटलर्स नेपाल लिमिटेड आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ उत्कृष्ट बिजेता अवार्डद्वारा सम्मानित

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ ।…

ओपोद्वारा यूके प्रवेशको घोषणा 

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन य…

साउन १ देखि बढ्दैछ टेलिकम र इन्टरनेट सेवाको शुल्क

साउन १ गते मंगलबारदेखि इन्टरनेट र फोन सेवाहरुको शुल्क बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रद…

भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि…

बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला

DishHome ) र सिम्पल मिडिया  नेटवर्क प्रा.लि. (

पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य

अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…

मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा

आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …

आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु

तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै

इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…