कीवर्डहरू -

अपडेट

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएको छ ।

ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ ।  बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ ।

अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

अपडेट

क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क निर्माण गर्न नोकिया र गूगलबीच साझेदारी

नोकियाले क्लाउडमा आधारित फाइभजी कोर नेटवर्क पूर्वाधार निर्माण गर्न अल्फाबेटको गुगल …

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट ईसेवाका विश्वास ढकाल सहभागी

स्टार्टअप इन्डिया इन्टरनेसनल समिटमा नेपालबाट एफ्वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले…

विद्‍युतीय फोहोरको जोखिम बढ्दै, व्यवस्थापनमा सरकारको बेवास्ता

औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको नेपालमा विद्‍‍युतीय फोहोरको जोख…

प्रहरीद्वारा भन्सार छली ल्याइएका २३ थान मोबाइल बरामद

भन्सार छलि ल्याइएका विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगा…

प्रविधि प्रयोग गरेर पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सह…

आविष्कार केन्द्रले बनायो घाम र बिजुली प्रयोग गरेर कृषिजन्य वस्तुहरु सुकाउन मिल्ने ड्रायर

राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्…

सार्वजनिक भएको एक दिनमै गूगल प्ले स्टोरबाट नागरिक एप ५० हजार भन्दा बढी डाउनलोड

सार्वजनिक भएको एक दिनमै नागरिक एप गूगल प्ले स्टोरबाट ५० हजार भन्दा बढी डाउनलोड भए…

नागरिक एपको प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक…

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकार…

नेपाल क्लियरिङ्ग हाउसले शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको शुरुवात गरेको…

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट शुरू

फुडमाण्डूले आयोजना गरेको अनलाइन फुड फेस्टिभल आज अर्थात शुक्रबारदेखि शुरू भएको छ ।…

सबै किसिमका सरकारी सेवाहरु एपबाटै प्रदान गर्न सरकारले सार्वजनिक गर्‍यो ‘नागरिक एप’

सरकारले नागरिक एप  सार्वजनिक गरेको छ । सरकारबाट प्रदान गरिने सबै किसिमका सेवाहर…

क्युआर कोड स्क्यान गरी अब कुमारी बैंकबाट पैसा झिक्न सकिने

कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै

मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल म…

अब एकै क्लिकमा पाइने छ देशभरको माटोबारे जानकारी

अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्न…