कीवर्डहरू -

अपडेट

बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

नेपाल शैक्षिक परामर्श संघ ( ECAN) ले बाहै बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघ ( ECAN ) ले काठमाडौंको भृकुटीमण्डपमा आगामी श्रावण ०३ – ०६ गते, २०७५ ( July 19 - 22, 2018) मा बाहै ECAN बृहत शैक्षिक मेला २०७५ आयोजना गर्दैछ । यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको हो

यस १२ औ ( ECAN ) शैक्षिक मेलामा एक लाख भन्दा वढि महानुभावहरुले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ । यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने छ । \"\"

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्प को पनि ब्यवस्था गरिएको छ । त्यस्तै नेपाल शैक्षिक परामर्श संघले विभिन्न मिडिया ग्रुपसँग मिलेर आपसि हितका लागि सहकार्य गर्नेछ ।

वन अप प्रा. लि.को व्यवस्थापन मा सम्पन्न हुने यस मेलाको प्रजेन्टरमा ब्रिटिस काउन्सिल रहेको छ भने टाईटल स्पन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रा. लि. रहेको छ ।

ECAN बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा हामि विश्वस्त छौ ।

नेपाल शैक्षिक परामर्श संघ ( ECAN ) संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको गैह्र नाफा मुलक गैह्र सरकारी संस्था हो ।

यसका साथै भ्ऋब्ल् को उद्देश्य नेपालका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको नेतृत्व गर्ने भएको हुँदा यसका सबै प्रयत्नहरु आफ्ना सदस्य कम्पनीहरुले सेवाग्राही विद्यार्थी तथा अभिभावकलाई प्रदान गर्ने सेवाको पारदर्शीता एवम् गुणस्तरीय व्यवसायीकताको प्रत्याभुती समेत रहेको छ ।

यस कार्यका लागि यस संघका चितवन, कास्की,ललितपुर तथा पुर्वाञ्चलमा गरि ४ वटा शाखाहरु रहेका छन भने रुपन्देहिमा सम्पर्क केन्द्र गठन गरिएको छ । यस संघमा अधिराज्यभर ३८८ सदस्य संस्थाहरु आवद्ध रहेका छन ।

अपडेट

भूकम्प प्रभावित जिल्लाका विद्यालय तथा स्वास्थ केन्द्रमा टेलिकमको इन्टरनेट सेवा 

भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा ए…

पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना 

काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको …

फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा 

खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कु…

नेपालीको लागि मासिक ५ सयमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनुपर्ने

नेपाल दुर सञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेको मोबाइल इन्टरनेट सेवालाई महंगो भन्न नमिल्ने बताएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्य देशको तुलनामा…

दिगो विकासको लागि शिक्षा,  स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड

शिक्षा, स्वास्थ्य  तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन्…

नेपाल टेलिकमको रिचार्जबाट मिदास इ - क्लास पढ्न सकिने

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास