कीवर्डहरू -

अपडेट

डुअल क्यामेरा सहितको सावमी रेड्मी नोट ५ एआइ नेपालमा सार्वजनिक

सावमीको रेड्मी नोट धेरै प्रयोगकर्ताहरुले मन पराउदै आइरहेको सीरीज हो । रेड्मी नोट 5 एआई लाई रेड्मी नोट ५ प्लस भनेर पनि चिनिन्छ । यो मोडलको स्मार्टफोन कम्पनीको मिडरेन्ज फ्लागशिप स्मार्टफोन हो ।

भारतमा केहि महिना अघि सार्वजनिक भएको यो फोन,अब नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।

सावमीको यो मिडरेन्ज फ्लागशिप फोनमा १८:९ एस्पेक्ट रेसियोको ५.९९ इन्चको फुलएचडी डिस्प्ले छ । यसमा सुरक्षाको लागी कोर्निंग गोरिल्ला ग्लासको प्रयोग गरिएको छ साथै यसमा थोरै बेजेल पनि छ ।

सावमीको बहुप्रतिक्षीत स्मार्टफोन रेड्मी नोट ५ एन्ड्रोईड ८.० ओरियो अपरेटिङ सिस्टममा चल्छ,यसका साथै क्वालकम स्नापड्रागन ६३६ को चिपसेटको प्रयोग गरिएको छ । ४/६ जीबी र्यामका साथै ओक्टाकोर १.८ गिगाहर्जको क्लक स्पिडमा सीपीयु चल्छ । यसमा स्टोरेजको कुरा गर्दा इन्टरनल मेमोरीमा ६४ र ३२ जीबीको संस्करणमा उपलब्ध छ र एसडीकार्डको सहायताले २५६ जीबी सम्मको डाटाहरु राख्न सकिन्छ ।

सावमीको यो स्मार्ट डिभाइसमा सबैभन्दा राम्रो पक्ष यसको क्यामेरा हो,किनकी यसमा डुअल क्यामेरा सेटअप छ । यसको ब्याकसाइडमा एउटा एफ/१.९ एपर्चर सहितको १२ एमपीको सेन्सर तथा अर्को एफ/२.०एपर्चर सहिको ५ मेगापिक्सेलको गरि डुअल क्यामेरा सेटअप छ ।

यसका साथै सेल्फीको लागि १३ मेगपिक्सेलको क्यामेरा रहेको छ ।

आइफोन एक्स तथा गूगल पिक्सेल २ सँग यसको फ्रन्ट क्यामेरा तुलना गर्दा यसमा एआईमा आधारित क्यामेरा रहेको कम्पनीले दावी गरेको छ । यसकारण पनि यो नयाँ मोडलको फोनको क्यामेरा एकदम राम्रो रहेको छ ।

सावमी रेड्मी नोट ५ एआइमा ४००० एमएएचको ब्याट्री छ,साथै नेपाली बजारमा यसको प्री बुकीङ मूल्य रु २८ हजार ४ सय ९९ तोकिएको छ ।

Xiaomi Redmi Note 5 AI को स्पेसीफिकेसन :

Display : 5.99-inch IPS FHD+ display with Corning Gorilla Glass 3 Protection

CPU: 1.8 GHz Octa-core Qualcomm Snapdragon 636

GPU: Adreno 509 GPU

OS: Android Oreo 8.0 with MIUI 9.0 on the top

RAM: 4GB

Storage: 64GB, up to 128GB expandable storage (uses SIM 2)

Rear Camera: 5MP + 12MP, LED flash

Front Camera: 13MP with f/2.0 with LED flash

Sensors: Accelerometer, proximity, gyro, IR blaster, Fingerprint

SIM: Dual hybrid SIM with 4G VOLTE

Battery: 4,000mAh

Prebooking Price: Rs. 28,499 (4GB/64GB)

अपडेट

इन्टरनेट सोसाइटी नेपालमा सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाड…

माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला

वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…

नोकियाको \'एक्स ६\' सार्वजनिक

विश्व च…

वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क 

वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्य…

हुवावेको नोभा थ्रीई नेपाली बजारमा


दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।


नेपाल…

९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि 

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर&nda…