कीवर्डहरू -

अपडेट

काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

"Building Global Alliance for Cyber Resilience" भन्ने थिमका साथ आयोजना हुन लागेको समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय  र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने बताइएको छ ।

‘पछिल्लो समयका साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटीसम्बन्धी विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ,’ एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले भने ।

समिटमा प्यानल डिस्कसन, प्रेजेन्टेशनहरु, नेटवर्किङ सेसन, ब्रेनस्टोर्मिङ, कीनोट स्पिच, वर्कसपलगायतका कार्यक्रम हुने छन् ।

इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

थप जानकारीका लागि : http://npcert.org/

अपडेट

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…