कीवर्डहरू -

अपडेट

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार ओपोले अब स्मार्टफोन क्यामेरा रोडम्याप ( उच्च अप्टिकल जुम फ्याक्टर्स, सटिक डेफ्ट म्यापिङ, अल्ट्रा फास्ट डिजिटल बोके र अन्य अत्याधुनिक फिचर्स, अप्टिक्स अन्तर्गतका सबै नवप्रबर्तन, मेकानिक्स, कम्प्युटेशनल फोटोग्राफी, डिप लर्निङ र अन्य क्षेत्र)का लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ ।

‘मोबाइल फोटोग्राफीलाई ओपोमा प्रमुख विषयका (फोकस)का रुपमा लिइन्छ । हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरु संग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ’, ओपोका हार्डवेयर डिरेक्टर डा. किंगले भने , ‘कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप–स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पु¥याएको छ ।’
‘स्मार्टफोन ईमेजिङको क्षेत्रमा नवप्रबर्तनका लागि ओपोसंग अहिले सम्मकै प्रभावशाली रेकर्ड छ ।’

कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने, ‘ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।’

\"\"
‘यस सहकार्यले हामीलाई उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग प्राप्त हुनेछ । यसले हाम्रा आदर्णिय उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा हामी विस्वस्त छौँ’ ’कोरफोटोनिक्स संगको साझेदारीका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

अपडेट

डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन 

आषाढ २१ गते  डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठकले श्री देवी प्रकाश भट्टचनज्यूले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरि सुदिप …

भूकम्प प्रभावित जिल्लाका विद्यालय तथा स्वास्थ केन्द्रमा टेलिकमको इन्टरनेट सेवा 

भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा ए…

पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना 

काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…

द ब्रिटिश कलेजद्वारा ‘अलम्नाइ नेटवर्क’ को गठन

काठमाडौँ । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ जसको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिइएको छ । होटल हिमालयमा उक्त का…

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको …

फ्रस्ट एन्ड सुलिवान र नेप्लिज युथ एन्टप्रेनियर्स फोरमको संयुक्त आयोजनामा “ईन्नोभेट टु जेरो केस च्यालेन्ज\"को घोषणा 

खुल्ला रुपमा गरिने दिसा पिसावले व्यक्तिहरुलाई मात्र नभएर समाजलाईनै गंभीर खतरा हुन्छ । खुल्लामा गरिने दिसा पिसाब ले बिभिन्न बिमारीहरु जस्तै झाडापखाला, कु…

नेपालीको लागि मासिक ५ सयमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनुपर्ने

नेपाल दुर सञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेको मोबाइल इन्टरनेट सेवालाई महंगो भन्न नमिल्ने बताएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्य देशको तुलनामा…

दिगो विकासको लागि शिक्षा,  स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड

शिक्षा, स्वास्थ्य  तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन्…

नेपाल टेलिकमको रिचार्जबाट मिदास इ - क्लास पढ्न सकिने

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास