कीवर्डहरू -

अपडेट

विद्युत प्राधिकरणले गरेको भाडा वृद्धिमा इन्टरनेट सेवा प्रदायकको विरोध

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ देखि लागू हुने गरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिइरहेको पोलहरु तथा मुलुकभर सेवा सञ्चालन गर्न दिइरहेका ओपिजिडब्लु फाइबर प्रयोग गरेबापतको भाडादरमा अस्वाभाविक र बिना तथ्यपरक रुपमा ५ सय प्रतिशतभन्दा बढी भाडा वृद्धि गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै आइस्पानले इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणको पोलहरु तथा ओपिजिडब्लु फाइबर प्रयोग गरी मुलुकभर सुलभ मूल्यमा ग्राहकहरुलाई इन्टरनेट सेवा विस्तार तथा प्रदान गरिरहेको उल्लेख गरेको छ ।

‘इन्टरनेट सेवा प्रदायकहरूले हाल कायम रहेको ग्राहकसंग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार(खर्च) मानी दिईरहेकोमा नयाँ भाडादरले हामी सेवा प्रदायकहरुलाई ठुलो अन्योल सिर्जना गरेको छ्र,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेश्नल ब्रोडब्यान्ड पोलिसीमा पनि इन्टरनेट शुल्कलाई अझ सुपथ मूल्यमा उपलब्ध गराउने भन्ने उल्लेख गरिएको चर्चा गर्दै आइस्पानले त्यहीअनुरुप गत आर्थिक बर्षको बजेटमा लागू गरिएको १३ प्रतिशत टिएससी (दूरसञ्चार सेवा शुल्क) लाई पनि संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यन्वयन भैसकेको उल्लेख गरिएको छ ।

सो सहमतिमा कुनै पनि सरकारी निकायले इन्टरनेटमा शुल्क वृद्धि हुने खालका काम कारवाही नगर्ने उल्लेख भएकोमा विद्युुत प्राधिकरणले हाल वृद्धि गरेको पोल तथा ओपिजिडब्लु फाइबरको भाडादर सो सहमति बिपरित भएको हुदा सेवा प्रदायकहरूले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, नेपाल विधुत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी बिधुत प्राधिकरणको नै हुने जानकारी गराएको छ ।

आइस्पानले यस समस्याको उचित निकास तथा समाधानको लागि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

अपडेट

वीरगञ्जमा क्यान इन्फोटेक जारी, कम्पनीले ल्याए आकर्षक छुट र अफर

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश २ लाई आइटीको हब बनाउने उद्देश्यले ‘सुबिसु क्यान इन्फोटेक&…

नेपाल टेलिकमको विन्टर अफर, ६ रुपियाँमा ६० मिनेट कल, अफरमा अरु के के छन् ?

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा आजदेखि लागू भई आगामी…

नेपाली बजारमा भिभो स्मार्टफोनका ३ नयाँ मोडल आउने

बिबिके इलेक्ट्रनिक्सको स्वामित्वमा रहेको भिभो कम्युनिकेसन टेक्नोलोजी चिनियाँ टेक्नोलोजी कम्पनी हो । यसले स्मार्टफोनहरु, स्मार्टफोनहरुको सामान, सफ्टवेयर निर्माण र…

एभरेष्ट बैंकद्वारा ५ लाख बीमा सुविधासहित दुई बचत योजना सार्वजनिक

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको …

नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनि…

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

काठमाडौं । सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अ…

युनियन लाइफ इन्स्याेरेन्सकाे घातक रोगसम्बन्धी बिमा सुविधा

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अनुसार कम्पनीले जारी गरेका बीमा…

वीरगञ्जमा क्यान इन्फोटेकको रौनक

वीरगंज– प्रदेश नं. २ लाई आईटीको हव बनाउने उद्देश्यसहित प्रदेश २ मा शुक्रबारदेखि ‘सुबिसु क्यान इन्फोटेक–२०१९’ मेला सुरु भ…

भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिका माध्यमबाट …

Kathmandu to Host Kathfest 2019 from Jan 13-14

Kathfest is the two-day annual festival organized by Kathford International College of Engineering and Management. It is an inter-college event …

विद्युत प्राधिकरणले सात दिनभित्रमा नयाँ मिटर जडान गरिदिने

नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अ…

प्रदेश २ मा पुस २७ देखि क्यान इन्फोटेक हुँदै, यस्ता छन् आकर्षण 

वीरगञ्ज । क्यान महासंघले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गर्ने योजना ल्याएअनूरुप प्रदेश २ मा पुस २७ देखि ३० गतेसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१९ …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

काठमाडाैं । आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना हुने …

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना ह…