कीवर्डहरू -

अपडेट

राजधानीमा माघ १५ देखि ‘सुबिसु क्यान इन्फोटेक २०१९’ हुने

आगामी माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक क्यान महासंघले सो जानकारी दियो । 

प्रदर्शनीमा सूचना प्रविधिसम्बन्धी कुल १ सय ७५ स्टल रहने छ । हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सलुसन, मोबाइल फोन, मोबाइल फोन एसेसरिज, डिलर एवं डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सलुसन्स आदि प्रदर्शनीमा सहभागी हुने छन् ।

नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । 

यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको छ । मेलामा प्रत्येक ३/३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।

सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहेको छ । 

क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको बृहत् प्रदर्शनीलाई राजधानीमा मात्रै केन्द्रित नगरी सातै प्रदेशमा यो वर्ष इन्फोतेक मेला गर्न लागिएको जानकारी दिए ।

महासंघकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले यस पटकको इन्फोटेकमा दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरुको छुट्टै पेभिलियन बनाउन लागेको जानकारी दिईन् । 
 

 

अपडेट

पढेलेखेका पुस्ताको रोजाइमा पर्न छाड्यो जागिर, आफ्नै ब्यापार ब्यवसाय सुरु गर्न थाले

काठमाडौँ। बेलायतको एक युनिभर्सिटीबाट एमबिए गरेकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो। सूचना प्रविधि सम्बन्धी व्यवसाय थालेकी उनले …

स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न 

विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्…

सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन

माेरङ । विराटनगरस्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको…

हुवावे ले कारबाही गर्यो आफ्ना २ कर्मचारी

काठमाडौं । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्…

सुविसु क्यान इन्फोटेकको आकर्षण 


क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान …

प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाई…

गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …

होन्डा नेपाल ड्रिम कप आयोजना

काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…

भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ

काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…

‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?

शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …

नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…