कीवर्डहरू -

अपडेट

‘सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउनुपर्छ’

२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरम (एमबीबीएफ) मा ह्वावेका कार्यकारी निर्देशक र क्यारियर व्यवसाय समूहका अध्यक्ष रायन डिंगले आफ्नो किनोट स्पिच ‘फाइभजीको सुनौलो दशकको लागि वायरलेस नेटवर्कको भ्यालु बढाउँनुपर्नेमा बताएका छन् ।

डिंगले भने आउँदो दशक विश्वको फाइभजीको प्रगतिको लागि सुनौलो युग हुनेछ र सम्पूर्ण उद्योगलाई फाइभजीमा विश्वास हुनुपर्दछ, उत्तम फाइभजी नेटवर्क निर्माण गर्नुपर्दछ र त्यसबाट सेएर्ड भ्यालुको लागि अधिकतम प्रतिफल बनाउनु पर्दछ ।

फाइभजी अघिल्लो पुस्ता भन्दा धेरै छिटो विकास गर्दैछ । हाल विश्वमा १०० भन्दा बढी व्यावसायिक फाइभजी नेटवर्कहरू छन् र बजेट फाइभजी मोबाइल फोनहरू १ हजार यूआनमा झरेको छ ।

यसले विश्वभरि फाइभजी प्रयोगकर्ताहरूको संख्या बढाइरहेको छ र अग्रणी क्यारियरहरूले डाटा योजनाहरूबाट फाइदा लिइरहेका छन् ।

उनीहरू बहु–मेट्रिक सेवा प्याकेजहरू र अपग्रेड गरिएका सेवाहरू जस्तै फाइभजी मेसेजिङ र उन्नत कलिङको माध्यमबाट फाइभजी प्रयोगकर्ताहरूको एआरपीयूमा वृद्धि देखिरहेका छन् ।

फाइभजी लाई थप विकास गर्न र बढि व्यक्तिहरूलाई फाइभजी अँगाल्न प्रोत्साहित गर्न, क्यारियरहरूले सम्भव भएसम्म उत्तम फाइभजी नेटवर्क निर्माण गर्नुपर्छ ।

उनीहरूले सबै परिदृश्यमा कभरेज प्रदान गर्नुपर्छ जस्तै घना सहरी क्षेत्र, उपनगर र घर भित्र सेरोफेरो जस्ले गर्दा प्रयोगकर्ताहरूमा फाइभजी सेवाको पहुँच जहिले पनि हुनेछ । क्यारियरले प्रयोगकर्ताहरूलाई निरन्तर उत्कृष्ट अनुभव दिनको लागि फाइभजी कनेक्टिभिटीमा सुधार ल्याउनु पदर्छ ।

उपभोक्ता बजारको साथसाथै औद्योगिक बजार क्यारियरको लागि नयाँ राजस्व प्रवाह बन्ने छ । यसको शुरुवात भएबाटै फाइभजी अधिक देखि अधिक क्षेत्रहरूमा लागू भइरहेको छ ।

धेरै उद्योग अनुप्रयोगहरू बढ्दो कमोडिटीकृत भइरहेका छन् र ठूलो स्केलमा पुनरुत्पादन पनि गर्न सकिने प्रकारको छ । क्यारियरहरु भर्टिकल उद्योगलाई सक्षम पार्न फाइभजी कसरी प्रयोग गर्न सकिन्छ भनेर अन्वेषण गरिरहेका छन् ।

उपभोक्ताहरू जसले डाटाको गति बारेमा मात्र ख्याल राख्ने भन्दा विपरीत, उद्योग उपभोक्ताहरूको विभिन्न आवश्यकताहरू छन् र त्यसैले यो महत्वपूर्ण छ कि क्यारियरहरूले नयाँ क्षमताको ख्याल गरेर नेटवर्क भ्यालु अधिक बनाउन् जरुरी छ ।

यी विविध आवश्यकताहरू पूरा गर्न टेलिकम सेक्टरले औद्योगिक फाइभजी अनुप्रयोग को लागि मौलिक नेटवर्क क्षमताहरू, अत्यधिक विश्वसनीय नेटवर्क सेवाहरू र फ्लेक्जिबल नेटवर्क समाधानहरू प्रदान गर्न आवश्यक छ ।

दूरसंचार क्षेत्रले नेटवर्क योजना, निर्माण, मर्मत र अपरेशनमा अप्टिमाइजेसन एन्ड टु एन्ड सुधार गर्न आवश्यक छ । यसले उद्योग अनुप्रयोगहरूको प्रयोगको लागत घटाउन सहयोग पुर्याउँदछ ।

डिंगले औद्योगिक फाइभजी अनुप्रयोगको विकास गर्नु केवल क्यारियरको जिम्मेवारी नभई एक व्यापक उद्योगिक प्रयास रहेको कुरामा जोड दिनुभयो ।

दूरसञ्चार अन्य उद्योगहरूसँग एकीकृत भए मात्र यस विकासको गति तिव्र हुनसक्छ । भर्खरैको फ्रोजन रिलीज १६ मा, ३जीपीपीले प्रसारण सेवा को लागि सुधार गरिएको मानक र फाइभजी सुविधाहरू जस्तै स्थान र अल्ट्रा–लो एयर इन्टरफेस लेन्टेसी थपेको छ । आगामी रिलिज, रिलिज १७ सहित, थप उद्योग आवश्यकताहरू सम्बोधन गरिने छ ।

अन्त्यमा डिंगले भने कि आउँदो दशक फाइभजीको लागि सुनौलो रहनेछ । सम्पूर्ण उद्योगले विश्वास गर्न जरुरी छ, उपभोक्ताहरूका लागि उत्तम नेटवर्क निर्माण गर्न र फाइभजी को सुनौलो दशकको वायरलेस नेटवर्कको भ्यालु अधिकतम बढाउन उद्योगका ग्राहकहरूको नयाँ क्षमताहरूको पोषण गर्न पर्दछ ।

२०२० को ग्लोबल मोबाइल ब्रोडब्यान्ड फोरममा ह्वावेले विश्वव्यापी उद्योग प्रवृत्ति र क्यारियर, नियामक, साझेदार र विश्वभरका मिडिया विश्लेषकहरू सँग गहन विषयहरूको दर्शन सार्बजनिक गर्ने जनाएकोछ।

अपडेट

उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड भ्याक्सीन

उत्तर कोरिया र रुसका ह्याकरहरुले कोरोना भाइरसबारे काम गरिरहेका संस्थालाई निशानाम…

सिटिजन्स बैंकको तिहार अफर, मोबाइल बैंकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याक…

दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू 

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ दराजले कोभिड १९ को बाबजुद ११.११ का सबै पछिल्ल…

टीसीएलका दुई फोरके एन्ड्रोइड टिभी नेपालमा, यस्ता छन् विशेषता

टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइ…

ठूलो डटकम तथा कल्पमार्टबाट सपिङ गर्दा १५ प्रतिशतसम्म छुट दिदैं कनेक्ट आईपीएस

तिहारमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया …

स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गरिँदै

यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको…

सामसङले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मिडरेन्ज चीप 

सामसङको नयाँ मिडरेन्ज चीप एक्सीनोस १०८० सार्वजनिक गरेको छ । यसले फाइभजी र २०० मे…

भाईटिकामा एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा बैंकले सय रुपैयाँ प्रदान गर्ने

एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्…

कोरोनाको खोप खरिदका लागि यस्तो छ नेपालको तयारी

नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप ख…

डिशहोम मार्फत बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ रिलिज हुँदैं

डिशहोम मार्फत कार्तिक ३० गतेदेखि बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू अर्थात पैसा तिरेर हर्न मिल्ने भएको छ …

गूगल फोटोजमा अब अनलिमिटेड स्टोरेज नपाइने, आगामी जुनदेखि बन्द हुँदैं

गूगल फोटोमा अब सन् २०२१ देखि निःशुल्क अनलिमिटेड स्टोरेज सुविधा नपाइने भएको छ । ग…

युट्यूब प्रिमियम सदस्यहरुका लागी अब स्टाडिया प्रिमियर इडिसन निःशुल्क

गूगलले युट्यूब प्रिमियम सदस्यहरुका लागी स्टाडिया प्रिमियर एडिसन निःशुल्क दिने भएको …

भारतमा पब्जी मोबाइल गेम फर्किने घोषणा

भारतीय सरकारले दुई महिना अघि पब्जी लगायत अरु ११८ ओटा चिनिया एपहरुलाई प्रतिबन्ध ल…

मिडियाटेकले सार्वजनिक गर्‍यो डाइमेनसिटी ७०० फाइभजी चिपसेट

मिडियाटेकले डाईमेनसिटी ७०० फाइभजी चीपसेट सार्वजनिक गरेको छ । यो प्रिमियम, मध्यम …

नोभेम्बर १७ मा ‘ओप्पो इन्नो डे’, ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गरिने

ओप्पोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनम…