अपडेट
अनलाइन मार्फत अर्डर लिएर तिहारमा घरघरमा फूलमाला पुर्याउने तयारी
फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।
कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिए ।
उनले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिए ।
उनले भने, ‘फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौँ ।’
अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पारे ।
एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
एसोसिएसनले भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेको छ । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुने ।
एसोसिएसनले नेपालमा फूल र माला भित्रिने सिन्धुलीको झाँगाझोली, हेटौँडाको रातामाटा र नौबिसे नाकामा गस्ती गरेर भारतबाट आउने फूल नष्ट गर्ने अभियान थालेको छ ।
तिहार नजिकिएकाले शनिबारदेखि भारतबाट फूल आउन सक्ने भएकाले गस्तीलाई कडा पार्नेगरी तयारी भएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस अभियानअन्तर्गत अघिल्लो साता भैँसेपाटीबाट १० हजार सयपत्रीका माला जफत गरी नष्ट गरेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
अपडेट
एलजीले सार्वजनिक गर्यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर
एलजीले मास्क जसरी लगाउने खालको ब्याट्रीले चल्ने एयर प्यूरीफायर सार्वजनिक गरेको छ । …
विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले ३ बिलियन अमेरिकी डलर भन्…
आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु, ईसेवा र एसएमएसबाट भोट गर्न सकिने
आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका वि…
गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा…
कोरोना बारे जनचेतना फैलाउन स्वास्थ्य मन्त्रालय र युनिसेफसँग एनसेलको सहकार्य
एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम…
डिशहोमको डबल धमाका अफर दिपावलीमा पनि निरन्तर
डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा…
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान, अनलाइनबाटै फाराम भर्न सकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थी…
स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)
फोटोः क्लेनभिजन
स्लोभाकियामा उड्न…
नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैं सामसङ
विश्वको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्ने भएक…
सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त
सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । स…
सुधिर पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति चयन
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्य…
कोरोना महामारीको असहज परिस्थितीमा न्यू नर्मलका साथ अगाडी बढ्न प्रोत्साहन गर्दैं एनसेल
कोरोना महामारीले देश आक्रान्त भईरेहको बेला असहज परिस्थितीलाई आत्मसाथ गर्दै न्यू नर्म…
१०० मिलियन युनिट हुवावे मेट फोर्टी ११ सेकेण्डमै सोल्ड आउट
जेडी अनलाइन स्टोरमा १०० मिलियन युनिट हुवावे मेट फोर्टी सिरिज स्मार्टफोन ११ सेकेण्ड…
पानडोरा बन्यो एप्पलको होमपोड मिनीमा काम गर्ने पहिलो थर्ड पार्टी म्युजिक एप
एप्पलले गत महिना आफ्नो होमपोड मीनी सार्वजनिक गरेको थियो । कम्पनीले होमपोड मिनीमा …
ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल
चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ । कम्पनीको न…