अपडेट
हुम्लामा एक महिनादेखि टेलिफोन अवरुद्ध
हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।
नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको यहाँका स्थानीयबासीको गुनासो छ ।
ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन् ।अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन ।
लकडाउनका समयमा आवतजावतका लागि सिफारिसलगायत आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीचबाटामा सयौँ मानिसले कुर्नुपरेको छ ।
वर्ड लिंक कम्युनिकेशनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टररनेट सेवाले मात्र केही समस्या समाधान भएको अदानचुली २ का धर्मराज बोगटीले बताए ।
बडादशैंका मुखैमा एक महिनादेखि पूर्णरुपमा टेलिफोन नभएपछि सवारी सीमा पास, आपत्कालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत काम गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता भएको छ ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले आफूले पटकपटक टेलिकम केन्द्रीय कार्यालयमा गएर मर्मतका लागि ताकेता गरेको र धेरै पटक पत्र पठाए पनि मुगु जिल्लाको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागेकाले सानातिना टावरमा नलाग्ने भनी जवाफ दिएको बताए । सो टावर राख्ने भनिएको तीन वर्ष पूरा हुन लागे पनि यहाँको समस्या उस्तै छ ।
फडेराले भने, ‘एक महिनादेखि घरमा पनि काम गरेको थिएन, आफ्नो कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि भए पनि अग्लो ठाउँमा सादा वा सामान्य मोबाइल लिएर जानुपर्थ्यो, अहिले त वर्ल्डलिंकको इन्टरनेट म्यासेन्जरबाहेक अन्य विकल्प छैन ।’
गत असोज २१ गते टेलिकमकै प्रतिनिधि राम खातीसहितको चार जनाको टोलीले चार दिन लगाएर मर्मत गरे तापनि केही दिनसम्म बिहान २ देखि ४ बजेसम्म मात्र काम गरेको र त्यसपछि गर्न छाडेको स्थानीयवासी बताउँछन् ।
यस्तै मुगु जिल्लाका सोरुस्थित भिई र सोरुकोटमा रहेका दुई वटै टावर पूर्णरुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाबासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् । रासस
अपडेट
नयाँ फिचर सहित मोजिला फायरफक्स ब्राउजरको नयाँ भर्सन सार्वजनिक
मोजिला फायरफक्स वेब ब्राउजरको नयाँ भर्सन ८२ सार्वजनिक भएको छ । यो भर्सन सँगै फायरफ…
आप्पोका नयाँ उत्पादन टिभी, वाच र इयरफोन सार्वजनिक
ओपोले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ …
सामसङले हाई ईण्ड फोनहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने
सामसङले अब आफ्नो नयाँ मोडेलहरुमा स्पाम कललाई अटोब्लक गर्न मिल्ने फिचर दिने भएको छ …
टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक
टिन्डर जस्तै फिचर भएको फेसबुक डेटिङ यूरोपमा सार्वजनिक भएको छ । फेसबुक डेटिङ भ्याल…
‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा, दशैँपछि कार्ड वितरण गर्ने तयारी
व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका ल…
राष्ट्रिय जनगणना: यसरी हुँदैं छ प्रविधिको प्रयोग
राष्ट्रिय जनगणना-२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा …
सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत् डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सा…
माछापुच्छ्रे बैंकको मोबाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने
माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोबाइल …
क्लिन फिडका कारण केही विदेशी च्यानलहरु अवरुद्ध हुने
शुक्रबार राति १२ बजेपछि लागु हुन लागेको क्लिन फिडका कारण केही विदेशी च्यानल अवर…
मेगा बैंकको डिजिटल दक्षिणा अफर, पैसा पठाउँदा तीनसय रुपैयाँ क्यासब्याक
मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक अफर ल्…
स्टार्टअप आइडिया कल आयोजना हुँदैं, सहुलियतपूर्ण कर्जा र निःशूल्क तालिमको सुविधा
उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आईडिया कल आयोजना हुने भएको छ । बागमती प्रद…
एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफर, सस्तोमा कुराकानी गर्न सकिने
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी…
प्लाज्मा अभाव हुन नदिन ‘प्लाज्मा कनेक्ट’ वेबसाइटको सुरुवात
कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा अभाव हुन नदिन आज अग्रणी स्मार्टफोन ब्राण्डको बारेमा कुरा गर्दा, साओमी एउटा त्यस्तो नाम हो जसलाई हाम…
राष्ट्रिय आविष्कार केन्द्र दशैंमा पनि २४ सै घण्टा खुल्ने
दशैंको समयमा पनि राष्ट्रिय आविष्कार केन्द्र २४ सै घण्टा खुल्ने भएको छ । अन्य समयमा पन…