अपडेट
‘हाम्रो नेपाली किबोर्ड’ मा दशैं विशेष स्टिकर, यसरी गर्नुहोस् प्रयोग
काठमाडौं, २९ असोज । नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइल एप्लिकेशन ‘हाम्रो नेपाली किबोर्ड’ले दशैं विशेष स्टिकरहरु सार्वजनिक गरेको छ ।
बडा दशैं, तिहार तथा छठ लगायतका नेपालीका ठूला चाडपर्वहरुलाई ध्यानमा राख्दै एपमा आकर्षक स्टिकरहरु थप गरिएको हो ।
यससँगै हाम्रो किबोर्डका प्रयोगकर्ताले पर्विय उल्लासको यस विशेष समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकरहरु प्रयोग गर्नसक्ने छन् । कम्पनीका अनुसार चाडबाड सम्बन्धी नयाँ स्टिकर बिहीबारदेखि सबैले प्रयोग गर्न पाउने गरी सार्वजनिक गरिएको छ ।
हाम्रो नेपाली किबोर्ड एप हाम्रो पात्रोपछिको नेपालकै लोकप्रिय एप हो । दशैं स्टिकरले चाडबाडमा थप रौनकता थप्ने कम्पनीको आशा छ ।
हाम्रो पात्रो इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले चाडबाड झल्काउने र त्यसमा रौनकता थप्ने गरी दशैं स्टिकर तयार पारिएको बताए ।
एप्लिकेशनमा समेटिएका विभिन्न स्टिकरहरु जस्तैः 'बस यात्रा, नयाँ बाइक, चङ्गा, पिङ, लक्ष्मी पूजा, टीका, जमरा, दक्षिणा, तास, खसी, नयाँ जुत्ता लगायतका स्टिकरले अवश्य पनि चाडबाडको रौनकता झल्काउने छन्,' उनले भने ।
प्रयोगकर्ताले दशैं स्टिकर प्रयोग गर्न हाम्रो किबोर्डमा तल बायाँतर्फ अंक र झण्डाको बीचमा रहेको स्टिकर बटनमा ट्याप गर्नुपर्नेछ, त्यसपछि देखिने स्टिकर आइकनको दोस्रो बटनलाई ट्याप गरेर दशैं लगायतका हाम्रो नेपाली किबोर्डमा उपलब्ध विभिन्न अनुभूती तथा हाँसो खुशी समेटिएका अन्य अनेकौं स्टिकरहरु प्रयोग गर्न सक्नेछन् ।
अपडेट
राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस
राष्ट्रिय वाणिज्य बैंकले दशै तथा तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबा…
सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास …
कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट
दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका …
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई श…
दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्व…
ह्वावेद्वारा अल सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन्सको शुरुवात
संयुक्त राष्ट्र ब्रोडब्याण्ड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यु…
अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने
जूमका निःशूल्क प्रयोगकर्तालाई पनि अब इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ …
एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बन…
फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रल…
मकवानपुर प्रहरीले हराएका २५ थान माेबाइल फेला पारेर फिर्ता दियो
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी स…
टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क
कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका…
प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने
नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५ औं प्रहर…
द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो
स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’ …
अब सबै ग्राहकका लागि उपलब्ध भयो टेलिकमको ह्याप्पी लर्निङ प्याक
नेपाल टेलिकमले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ अब सबै ग्राहकका लागि उपलब्ध भएक…
फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका
ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उप…