कीवर्डहरू -

अपडेट

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार

नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ।

अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल (एयुभीएसआई) ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स मेडिकल ड्रोन विजेता हुन् सफल भएको हो ।

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो । एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए ।

ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए । त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो ।

एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए ।

‘सामान्यतया अहिले जहाँपनि मेडिकल ड्रोनको परीक्षण मात्र भइरहेको छ’ उनले भने, ‘हामीले ड्रोन मार्फत डेलिभरी गरेको नमुनामा २५ भन्दा बढी बिरामीहरुको नमुनामा पोजेटिभ इफेक्ट देखाएको थियो । क्षयरोग परीक्षणको लागि ६ महिनामा ७ सय भन्दा बढि नमुना ड्रोनबाट डेलिभरी गरेका थियौं ।’

यो अवार्डको पुरस्कार राशी ५ हजार डलर (साढे पाँचलाख रुपैयाँ भन्दा बढी) रहेको छ । कोरोना भाइरसको कारणले अवार्ड कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो ।

ड्रोओट्स ड्रोन प्युठान जिल्लामा सञ्चालनमा ल्याइएको थियो । यस परियोजनामा बिराट नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) पब्लिक हेल्थ पार्टनरको रुपमा रहेको छ । बीएनएमटीले नेपालका धेरै जिल्लामा क्षयरोगको प्रोजेक्ट चलाइरहेको छ ।

\"\"

‘त्यस मध्ये प्युठान जिल्लामा नेपाल फ्लाइङ ल्याबले ड्रोन उडाउने, संकलन भएको खकार लिएर आउने काम गर्‍यो भने बीएनएमटीले गाउँ गाउँमा गएर खकार संकलन गर्ने, ड्रोनमा लोड गर्ने र अस्पतालमा जिनएक्सपर्ट मेसिनको प्रयोग गरी जाँच गर्ने काम गर्‍यो’ पुडासैनिले भने ।’

जाँचको लागि बीएनएमटीले प्युठान जिल्ला अस्पतालमा जिनएक्सपर्ट मेसिन जडान गर्न सहयोग गरेको थियो । पुडासैनिले भने, ‘माइक्रोस्कोपबाट खकार जाँच गर्दा क्षयरोग हो की हैन् भनेर ४५ देखि ५० प्रतिशत मात्रै वास्तविक नतिजा दिन सक्दो रहेछ भने जिन एक्सपर्टले चाँही करिब ९८ प्रतिशत वास्तविक नतिजा दिन सक्दो रहेछ ।’

\"\"

यस परियोजनामा नेपाल फ्लाइङ ल्याब, ड्रोन नेपाल, बिराट नेपाल मेडिकल ट्रष्ट, वी रोबोटिक्स र जिल्ला जन स्वास्थ्य कार्यालय प्युठान संलग्न रहेका छन् । त्यस्तै यस परियोजनामा स्टोनी ब्रुक युनिभर्सिटी र निक साइमन इन्स्टिच्युट नेपालको सपोर्ट रहेको छ ।

कसरी काम गर्छ यसले ?

सामुदायिक स्वास्थ्यकर्मीको अनुरोधमा ड्रोन केन्द्रीय अस्पतालबाट उडेर खकार संकलन गर्न दुर्गम क्षेत्रमा जाने गर्छ र उक्त नमुना जाँचको लागि केन्द्रीय अस्पतालमा ल्याउँछ ।

यदि नमुना जाँच गर्दा नतिजा सकारात्मक आएमा उपचारको लागि बिरामीलाई डाइरेक्ट अजरभेसन ट्रिट्मेन्ट सिस्टम (डट्स) विधी प्रयोग गर्ने गरिन्छ ।

अपडेट

हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिम…

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । गुरुङ बुधबार सञ्चा…

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

लोकसेवा आयोगले लिने तयारी गरेको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा रा…

एनसेलको स्टुडेन्ट प्लान मार्फत अब डायनामिक ईआरपी एप चलाउन सकिने

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उपलब्ध गराएको स्टुडेन्ट प्लान अन्तरगतको जुम, माइक्…

कार्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्नुपर्ने, नगरेमा कारबाही 

सरकारले तोकिएको समयमा नै क्लिन फिड लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि म…

दूरसञ्चार प्राधिकरणले तयार पार्‍यो दूरसञ्चार ऐनको मस्यौदा

नेपाल दूरसञ्चार प्राधिरणले नयाँ दूरसञ्चार ऐनको मस्यौदा तयार पारि सञ्चार तथा सूचना …

मिस यूनिभर्स नेपाल २०२० को लागि मोबाइल एपबाटै आवेदन दिन सकिने

मिस यूनिभर्स नेपालका २०२० लागि ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप मार्फत सम्…

मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने 

नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत …

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर…

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता

एनएमबी बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । यो स…

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु …

भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने 

भूकम्प प्रभावित ११ जिल्लाहरुमा प्रदान गरिएको निःशूल्क इन्टरनेट सेवाको अवधि सकिएको छ…

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ मेला सुरु, उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने

नेपालको अग्रणी स्थानीय ई(कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तो…

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश नम्बर १ मा ‘मनमोहन अनुसन्धान केन्…

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टल…