कीवर्डहरू -

अपडेट

ट्राफिक प्रहरीको सुरक्षा योजना: एपबाटै चालकको निगरानी

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आजदेखि कार्यान्वयन गर्न थालेको छ ।

काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उदेश्यका साथ उक्त योजना लागु गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिए ।

उनले यात्राको क्रममा कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रह समेत गरे । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको समेत उनले बताए ।

सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवले बताए ।

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताए ।

सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्नेछ ।

यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रविधिबाट निगरानी

लामो दुरीका भाडाका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको प्रविधिबाट निगरानी गरिने छ । २ जना चालक भए/नभएको ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेशन एप्सबाट हेर्न र नियमानुसार नभए कारवाही गरिने यादवले भने।

टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ ।

यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर सिसिटिभि निगरानीबाट कडाईका साथ कारबाही गरिने महाशाखाले जनाएको छ ।

बसपार्कबाट बाहिरिने गाडीहरुलाई अनिवार्य रुपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ ।

दिनमा ४ पटक भन्दा बढी सरप्राईज चेकिङ

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्ने भएको छ ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सवारी साधनहरुको मापसे सहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले उल्लेख गरेको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरेको छ ।

भीडभाड क्षेत्रमा थप प्रहरी परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरु तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ ।

एसएसपी ढकालका अनुसार १७२ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ९०० जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता एसपी यादवले जानकारी दिए ।

१४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइने महाशाखाका प्रवक्ता एसपी यादवले भने । यात्रुहरुको गुनासो सुक्ष्म रुपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उनले बताए ।

उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

यात्रुको सेवामा चौबिसै घण्टा ट्राफिक प्रहरी समर्पित रहने हुदाँ यात्रुहरुले ढुक्कसँग यात्रा गर्ने वातावरण बनाउने महाशाखाले प्रतिवद्धता पनि गरेको छ ।

अपडेट

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर 

हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, प…

‘आइएमई पे’ ल्यायो दशैंको किनमेलमा तीस प्रतिशत क्यासब्याक अफर

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’…

फुडमाण्डु र डक्टर्स अन कल नेपाल बीच सहकार्य

आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो …

नेपालमा बढ्दै विद्युतीय फोहोर, एक वर्षमै उत्सर्जन हुन्छ २४ लाख किलो फोहोर

मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को…

पानासोनिकले सार्वजनिक गर्‍यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब 

पानासोनिक लाइफ सोलुसनले भारतमा वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब निकालेको छ । यसक…

स्मार्टको फेस्टिभ अफर, ८ जीबी डेटा सहितको सीम निःशूल्क पाइने

स्मार्ट टेलिकमले फेस्टिभल अफर सार्वजनिक गरेको छ । स्मार्टले ८ जीबी डेटा सहित निशूल्क…

दशैं सुरक्षा योजना: सादा पोसाकमा प्रहरी परिचालन हुने, ड्रोन पनि प्रयोग गर्ने तयारी

प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना …

गूगल मीटमा अब ब्रेकआउट रुम फिचर    

गूगल मीटमा ब्रेकआउट रुम फिचर उपलब्ध भएको छ । यो फिचरले शैक्षिक तथा अरु विधाहरुला…

युट्युबलाई शपिङ थलो बनाउदै गूगल 

गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्…

अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने  

अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु …

प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो

प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान ग…

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र …

गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै

गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउने भएको छ । प्रयोगकर्ताहरुले कहिल…

बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट 

बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर…

किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका

यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…