अपडेट
चैतयता छापियो १० लाख चालक अनुमतिपत्र
यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ ।
विगतमा झण्डै आठ-नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
उनका अनुसार पछिल्लो तीन-चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए । उनले भने, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।”
निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताए । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ ।
आवेदन दिएको तीन-चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उनले जानकारी दिए । सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो ।
विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो । रासस
अपडेट
कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञापन बोर्ड पनि गठन
कार्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड (विज्ञापनरहित) लागु हुने भएको छ । मन्त्रीपरिषदक…
यी हुन् नेपालका उत्कृष्ट १० ईकमर्स कम्पनी
विश्वमा ईकमर्सको प्रयोगको एकदमै बढिरहेको छ । कोरोना महामारीको सुरुवात भएपछि त झन…
ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा भर्चुअल्ली उद्घाटन
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चा…
निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा
निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फ…
गलत सन्देश प्रवाह नगर्न नगराउन मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक …
२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई
राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइ…
सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा टेलिकमको जीएसएम मोबाइल सेवा
नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्च…
हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध
स्वीडेनले आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा प्रत…
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने भएको छ । हालसम्म ३७ सय भन्दा बढी कर्मचारी…
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइ…
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार…
सियोना श्रेष्ठको उपचारमा क्लासिक टेकको १० लाख रुपैयाँ सहयोग
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो …
डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्रा…
वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने
बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्ध…