कीवर्डहरू -

शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद  

शिक्षामा प्रविधिको भूमिका बुझाउँदै वेद  

वेद स्कुल व्यवस्थापन प्रालिले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा टेक्नोलोजिको भूमिका’ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ई-सेवा र वर्ल्डलिंकको सहयोगमा वेदले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा जिल्लाभरका २५० स्कुल कलेजका प्रधानध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो । यो कार्यक्रम चितवनमा पहिलो पटक भएको वेदले जनाएको छ ।

यस कार्यक्रमसँगै वेदले काठमाडौं बाहिर आफ्नो पहिलो शाखा चितवनमा विस्तार गरेको छ । कम्पनीका कार्यकारी निर्देशक निर्देश द्वाले इन्कार गर्नै नसक्ने वास्तविकता डिजिटल रुपान्तरणमा रहेको टिप्पणी गरे ।

वेदले फिन्ल्याण्ड जस्तो देशहरुसँग शिक्षण प्रकृयामा प्रतिस्पर्धात्मक मापदण्ड र क्षमता सनिुनिक्षित गर्न वेद सधै लागि पर्ने बताए । स्कुल तथा कलेजहरुले ढिलो चाडो डिजिटल प्रणाली अनुसरण गर्नु पर्ने अवश्यकतामा जोड दिए ।

वेद सफ्टवेयर देशभरका ८०० बढी स्कुलमा प्रयोग भइरहेको छ । वेद इन्ग्रेल्स प्रालिले सन् २०१६ मा निर्माण गरेको पर्णू डिजिटल स्कुल व्यवस्थापन गर्ने प्रणाली हो ।