कीवर्डहरू -

नयाँ बानेश्वोरमा फ्युज्मेसिन्सको केन्द्रिय कार्यालय उद्घाटन, एआइ प्रविधिमा विश्वस्तरीय सेवा र प्रडक्टमा केन्द्रित हुने

नयाँ बानेश्वोरमा फ्युज्मेसिन्सको केन्द्रिय कार्यालय उद्घाटन, एआइ प्रविधिमा विश्वस्तरीय सेवा र प्रडक्टमा केन्द्रित हुने

फ्युजमेशिनले काठमाडौँमा नयाँ अफिसको उद्घाटन गरेको छ । कम्पनीले देवकोटा सडक, नयाँ बानेश्वरमा नयाँ अफिसको सुचारु गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकाको राजदूत र्यान्डी बेरीले अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

उद्घाटन कार्यक्रममा फ्युजमेशिनका कर्मचारी, नेपाल र अन्तर्राष्ट्रिय संघसंस्था र विश्वविद्यालयका विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।

\"\"

उद्घाटन कार्यक्रमको सुरुवात राजदूत बेरीले रिबन काटेर गरेका थिए । त्यस्तै कार्यक्रममा फ्युजमेशिनका संस्थापक तथा सिईओ डा. समिर मास्के, डोल्मा इम्प्याक्ट फण्डका सिईओ तथा संस्थापक टिम गोचर, आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल र बिजनेश अक्सिजनका अध्यक्ष तथा सिईओ सिद्धान्त पाण्डेले प्रेजेन्टेशन दिएका थिए ।

\"\"

एक दशक अघि सानो टिमबाट सुरु गरेको कम्पनीमा अहिले ३०० बढि कर्मचारी रहेको र नयाँ ठाउँमा कर्मचारीहरुले थप ऊर्जाले काम गर्ने विश्वास बोकेको मास्केले बताए । टिमले गुणस्तरीय एआई प्रशिक्षण प्रदान गरिरहेको पनि उनले बताए ।

\"\"