कीवर्डहरू -

रिप्पल ऐडेनको प्रि-अर्डरमा छुट

रिप्पल ऐडेनको प्रि-अर्डरमा छुट

रिप्पल डिभाइसले रिप्पल ऐडेन (लिमिटेड एडिसन) को प्रि-अर्डर सुरू गरेको छ । यसमा १५.६ इन्चको क्युएचडी टू के डिस्प्ले रहेको छ । यसमा १४ कोर भएको एल्डर लेक एच आई नाइन १२९०० एच प्रोसेसर प्रयोग गरिएको हुन्छ ।

यसमा ३.८ गिगाहर्ज देखि ५ गिगाहर्ज सम्मको स्टोरेज रहेको प्रोसेसर रहेको छ । ल्यापटपमा हाई डेफिनेसज अडियो रहेको छ । ल्यापटपमा मेमब्रेन फोर जोन ब्याकलिट आरजिबी किबोर्ड पनि रहेको छ ।

डिडिआर फाइभको १६ जीबी र्‍याम भएको यसमा १ टिबीको एसएसडी राखिएको छ । रिप्पल ऐडेनमा ४ सेल भएको ४१०० एमएएचको ब्याट्री उपलब्ध छ ।

ल्यापटपको तौल १.७ केजीको रहेको छ । रिप्पल एडेनको वास्तविक मूल्य तीन लाख २० हजार रुपैयाँ पर्ने भएपनि प्रिडर गर्दा २ लाख ९९ हजार ९९९ रूपैयाँमै पाइने छ ।