कीवर्डहरू -

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

अनर एक्स सिक्सको प्रि-बुकिङ खुल्दै, साढे ५ हजारको एयरबड ५०० रूपैयाँमै पाइने

नेपालका लागि अनर मोबाइलको आधिकारिक वितरक सेलट्रोल नेपालले अनर एक्स ६ को प्रि–बुकिङ सुरु गरेको छ । प्रि–बुकिङ सेप्टेम्बर २४ देखि सुरु भएर २५ तारिखसम्म गर्न सकिने छ ।

यो योजनाअन्तरगत उपभोक्ताले ५ हजार ५०० रूपैयाँको अनर इयरबड एक्स ३ मात्र ५०० रुपैयाँमा प्राप्त गर्नेछन् ।

फोनमा ५००० एमएएच ब्याट्री, ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज सुविधा रहेको छ ।  अनर एक्स सिक्समा ५० मेगापिक्सेल मुख्य क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल डेप्थ क्यामेरा राखिएको छ ।

अल्ट्रा डिजाइन भएको यो फोन एन्ड्रोइड १२ मा आधारित छ । २६ सेम्टेम्बरदेखि बजारमा उपलब्ध हुनेछ यस फोनको मूल्य १८ हजार ४९० रुपैयाँ तोकिएको छ ।