कीवर्डहरू -

यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि  

यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि  

प्रविधिले समाजको विकासमा एकदमै योगदान पुर्याउँदै आएको छ । प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरू शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो ।

भौतिक विज्ञानको एक शाखा थर्माेडाइनामिक्स हो, जसले हिट इन्जिनको काम गर्ने तरिकामा सुधार ल्याएको हो ।स्टीम इन्जिनले यूरोपेली औद्योगिक क्रान्तिमा ठूलो भूमिका निर्वाह गरेको थियो ।

भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर सहयोगद्वारा विकास हुने गर्दछ । भौतिक विज्ञानमा भएको विभिन्न विचारहरुको अन्वेषण प्राविधिक समस्याबाटै थाहा हुने गर्दछ ।

योसँगै भौतिक विज्ञानको विकासले गर्दा नयाँ प्राविधिक समस्याहरु सिर्जना हुने गर्दछन् । भौतिक विज्ञान र प्रविधि एकअर्कासँग अन्र्तनिहित हुने गर्दछ ।

हामीले अध्ययन गर्दा प्रविधिले नयाँ भौतिकशास्त्रको जन्म दिने र अरु समय भौतिक विज्ञानले नयाँ प्रविधिको विकास गर्ने पाउन सक्छौँ ।

यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि

- न्यूटनको लअ अफ मोसनले रकेटको विकासमा सहयोग पुर्याएको थियो ।

- बर्नाैली प्रिन्सिपलले एयरप्लेनको पखेटाको विकासमा मद्दत पुर्याएको थियो ।

- थर्माेडाइनामिक्सको विचारले हिट इन्जिनको विकासमा सहयोग पुर्याएको थियो ।

- विद्युतीय करेन्टकोे हिटिगं एफेक्टले इनक्याडेसेन्ट ब्लब र भ्याकुम डायडको विकासमा सहयोग गरेको छ ।

- विद्युतीय करेन्टकोे रासायनिक प्रभावलाई इलेक्ट्रोप्लेटिङ, इलेक्ट्रोटाइपिङ र इलेक्ट्रोफाइनिङ गर्नका लागि मद्दत गर्ने गर्दछ ।

- विद्युतीय जेनेरेटर, विद्युतीय मोटर र विद्युतीय फर्नेस इलेक्ट्रोम्यागनेटिक इन्डक्सन प्रयोग गर्ने गरिन्छ ।

- पावर प्लान्टमा प्रिन्सिपल अफ कन्जरभेसन अफ एनर्जी प्रयो गरिएको छ ।

- विद्युतीय उपकरणको प्रयोग कम्प्युटर र क्यालकुलेटरमा गर्ने गरिन्छ ।

- न्युक्लिअर फिस्सनको जन्मले गर्दा ऊर्जाको ठूलो स्रोत उत्पन्न भएको छ ।

- पपुलेसन इन्र्भजनले लेजरको विकास गर्याे जसलाई थुप्रै क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।