कीवर्डहरू -

के हो डिजिटल वालेट ? प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

के हो डिजिटल वालेट ? प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

के तपाईलाई थाहा छ डिजिटल वालेट वा ई-वालेट के हो ? डिजिटल वालेटले भुक्तानी सेवामा ठूलो परिवर्तन ल्याएको छ । अब उपभोक्ताहरूले डिजिटल वालेट वा ई–वालेटको सहायताले सजिलैसँग आफ्नो कुनै पनि कुराको भुक्तानी गर्ने तथा पैसा ट्रान्सफर गर्न सक्नेछन् ।

अहिलेको जमानामा डिजिटल भुक्तानीलाई सबैभन्दा बढी महत्त्वका साथ हेरिन्छ । नेपालमा दश वर्षअघि इसेवा मोबाइल वालेट सुरु भएसँगै अहिलेसम्म २७ वटा भुक्तानी सेवाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका छन् । विश्वभरका देशहरुले सकेसम्म डिजिटल भुक्तानी गर्न आह्वान गरिरहेका छन् ।

कोभिडको समयमा आकाशिएको ई-वालेटको प्रयोग बढदै जाँदा डिजिटल भुक्तानी बिस्तारै हाम्रो जीवनको एक हिस्सा बनेको छ । अन्य अर्थशास्त्री र विद्वानहरूले डिजिटल भुक्तानी प्रणाली भविष्यमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने भुक्तानी प्रणाली बन्ने विश्वास गरेका छन् ।

अब प्रश्न आउन सक्छ डिजिटल वालेट वा ई–वालेटहरू के हुन् र यसले हाम्रो जीवनलाई कसरी सजिलो बनाउँदैछ । यो डिजिटल वालेट भौतिक वा परम्परागत वालेटको इलेक्ट्रोनिक संस्करण हो, जसको मद्दतले हामीले सजिलैसँग भुक्तानी गर्न सक्छौं ।

जब हामी हाम्रो स्मार्टफोनमा डिजिटल वालेट प्रयोग गर्छौं, तब यसलाई मोबाइल वालेट भनिन्छ । आज हामी तपाईलाई डिजिटल वालेट वा ई–वालेट के हो भन्ने बारे पूर्ण जानकारी दिदैछौँ ।

डिजिटल वालेट के हो ?

डिजिटल वालेटको पूर्ण रूप इलेक्ट्रोनिक वालेट हो, जसले भौतिक नभएर डिजिटल अस्तित्व भएको वालेटलाई जनाउँछ ।

यो एक प्रकारको इलेक्ट्रोनिक कार्ड हो, जुन कम्प्युटर वा स्मार्टफोन मार्फतबाट मात्र अनलाइन कारोबार गर्न प्रयोग गरिन्छ । यो ई–वालेटको उपयोगिता क्रेडिट वा डेबिट कार्ड जसरीनै प्रयोग गर्न सकिन्छ ।

क्रेडिट वा डेबिट कार्डको जस्तो सुविधा प्राप्त गर्न वा भुक्तानी गर्न, ई–वालेट व्यक्तिको बैंक खातासँग जोडिएको हुनुपर्छ । ई–वालेटको मुख्य उद्देश्य कागजविहीन (नगदरहित) पैसा स्थानान्तरणलाई अझ सहज बनाउनु हो ।

डिजिटल कारोबारले हाम्रो देशलाई नगदरहित अर्थतन्त्र र सुनौलो डिजिटल भविष्यतर्फ लैजाँदैछ ।

ई वालेटका प्रकारहरू:

हेर्दा ई–वालेट मुख्यतया तीन प्रकारका हुन्छन् ।

  1. क्लोज्ड ई–वालेट
  2. सेमि क्लोज्ड ई–वालेट
  3. बैंकिङ ई–वालेट

क्लोज्ड ई–वालेट प्रायः ई–कमर्स वेबसाइटमा प्रयोग गरिन्छ, जहाँ ग्राहकले आफूलाई आवश्यक पर्ने सामानहरू सजिलै किनमेल गर्न सक्छन् । उदाहरण : ओला मनि, अमेजन पे आदि

सेमि क्लोज्ड ई–वालेट हामी प्रत्येक प्लेटफर्ममा भुक्तानी गर्न प्रयोग गर्न सक्छौं । यसमा निश्चित रकम राख्न सकिन्छ तर हामी त्यसबाट कुनै पनि प्रकारको नगद निकाल्न सक्दैनौं। उदाहरण : पेटिएम

बैंकिङ ई–वालेट एक धेरै विशेष ई–वालेट हो, जहाँ उपभोक्ताको बैंक खातामा रहेको रकमनै ई–वालेटको कुल रकममा हुने गर्दछ । यसबाट ग्राहकले वालेटको आधारमा आफ्नो खाता प्रयोग गर्न सक्नेछन् । उदाहरण : गूगल पे र एप्पल पे

ई–वालेट प्रयोग गर्न के आवश्यक छ ?

डिजिटल वालेट वा ई–वालेटको प्रयोगको लागि सबैभन्दा महत्त्वपूर्ण चार कुराहरु छन् :

१. बैंक खाता

२. स्मार्ट फोन/ल्यापटप/कम्प्युटर

३. इन्टरनेट (टूजी, थ्री जी वा फोरजी) जडान

४. वालेट एप (यो निःशुल्क हुने गर्दछ)

ई–वालेट प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:

एसएमएसमार्फत प्रत्येक लेनदेनको बारेमा नियमित जानकारी प्राप्त गर्न, निश्चित रूपमा बैंकमा आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

आफ्नो पिन अरु कसैलाई पनि थाहा नहोस् भन्ने बारे ध्यान दिनुपर्ने हुन्छ । यसो गर्नाले, तपाईं ह्याकर वा स्कयामरहरूबाट धेरै हदसम्म आफूलाई बच्न सक्नुहुन्छ ।

विश्वसनीय व्यापारीहरू वा ई–कमर्स वेबसाइटहरूसँग मात्र किनमेल गर्नुहोस् ।

एटीएम प्रयोग गर्दा, तपाइको पिन कसैले हेरिरहेको छैन नी भनेर सुनिश्चित गर्ने गर्नुहोस् ।

कुनै पनि लेनदेन गर्दा हतार नगर्नुहोस् ।

सकेसम्म अनलाइन भुक्तानीका लागि आफ्नै डिभाइस प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

(एजेन्सीहरुको सहयोगमा)