कीवर्डहरू -

५० भन्दा बढी देशबाट अब सिधै खल्तीमा रकम पठाउन सकिने

५० भन्दा बढी देशबाट अब सिधै खल्तीमा रकम पठाउन सकिने

५० भन्दा बढी देशबाट अब सिधैं खल्तीमा पैसा पठाउन सकिने भएको छ । खल्ती र वर्ल्डरेमिटसँग सहकार्य भएसँगै अब ५० बढी देशबाट खल्तीमा पैसा पठाउन सकिने भएको हो ।

नेपालमा पैसा प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाईसी भेरिफाई भने गराएको हुनुपर्नेछ । साथै खल्तीमा पैसा प्राप्त गर्ने व्यक्तिले २०० रूपैयाँ बोनस समेत पाउने छन् ।

खल्तीमा पैसा पठाए पछि केहि नगरी पैसा र बोनस स्वत: दुबै खल्तीमा लोड हुनेछ । यसको विवरण खल्ती एपको ट्रान्ज्याक्सन सेक्सनमा गएर हेर्न सकिन्छ ।

वर्ल्डरेमिटबाट यसरी पठाउनुहोस् पैसा

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउन शुरूमा वर्ल्डरेमिट एप डाउनलोड गर्नुहोस् । त्यसपछि एप लगइन गरी सेन्ड मनिमा ट्याप गर्नुहोस् ।

अनि गन्तव्यमा नेपाल रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने र अन्त्यमा मोबाइल मनि ट्रान्सफर भित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।