कीवर्डहरू -

पेगासस सफ्टवेयरले कसरी गर्छ फोन ह्याक ?

पेगासस सफ्टवेयरले कसरी गर्छ फोन ह्याक ?

पेगासस सफ्टवेयर एनएसओ ग्रुप नामक इजरायली टेक कम्पनीले बनाएको स्पाईवेयर हो । एनएसओ ग्रुप विशेषगरी साइबर हतियार बनाउन चर्चित  छ ।

पेगासस एक उच्च परिष्कृत निगरानी सफ्टवेयर हो जसले कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि निगरानी राख्न सकिन्छ । यसले प्रयोगकर्ताको फोन ह्याक गरिदिन सक्छ ।

सन् २०१६ देखि पेगासस सफ्टवेयर चर्चामा आउन थालेको थियो ।  त्यो समयमा यो स्पाईवेयर प्रयोग गरेर अरबमा मानव अधिकार अभियन्ताहरुको आईफोन ह्याक गरिएको थियो ।

त्यसपछि एप्पलले अपडेट सार्वजनिक गरेर समस्याको समाधान गरेको थियो । यसपश्चात सन् २०१७ मा साइबर सुरक्षा अन्वेषकहरुले यो सफ्टवेयरले एन्ड्रोइड स्मार्टफोनहरु बिगार्न पनि सक्ने पत्ता लगाएका थिए ।

यो खोज पछि गूगलले पनि विभिन्न अपडेटहरु सार्वजनिक गरेको थियो । सन् २०१९ र २०२१ मा एनएसओ स्पाईवेयर प्रयोग गरेर विश्वका विभिन्न देशहरुले विपक्ष दलका नेताहरु, अभियन्ता, आन्दोलनकारी र पत्रकारहरुको मोबाइल ह्याक गरिएको थियो ।

सन् २०१९ मा फेसबुकले पनि एनएसओ ग्रुपलाई निगरानी गर्ने सफ्टवेयर बनाएको भन्दै मुद्दा दायर गरेको थियो । एनएसओ ग्रुपले पटक पटक कसैले पेगासस सफ्टवेयरको दुरुपयोग गरेमा आफू जिम्मेवार ठहर नहुने बताएको छ । ग्रुपले आफ्नो सफ्टवेयर कुनै संघसंस्था वा व्यक्तिलाई नदिएर सरकारलाई मात्रै दिने दावी गरेको छ ।

पेगासस सफ्टवेयरले फोन कसरी ह्याक गर्छ त ?

पेगासस सफ्टवेयरको विशेषता भनेको फोन प्रयोगकर्ताले आफ्नो फोनमा स्पाईवेयर रहेको छ भनेर थाहा पाउँदैनन् ।

ह्याकिङ कुनै गलत लिकंमा क्लिक गरेर हुने गर्दछ । ह्वाट्सएपको भ्वाइस कलमा सेक्युरिटी बगलाई बिगारेर पनि यो सफ्टवेयर इन्स्टल गर्न सकिन्छ ।

कुनै मिस्ड कलले पनि सफ्टवेयर इन्स्टल हुन सक्छ । यो प्रक्रियामा ह्याकरले पछि कल लगबाट मिस्ड कल हटाईदिने गर्दछन् ।

पेगासस सफ्टवेयर इन्स्टल भएपछि त्यसले फोनमा रहेको सबै जानकारीको पहुँच पाउन सक्छ । यसले म्यासेज, कल, एप एक्टिभिटी, प्रयोगकर्ताको ठेगाना, भिडियो क्यामेरा र माइक्रोफोनको पहुँच पाउन सक्छ । यसलाई अन्वेषकहरुले मोड्युलस म्यालवेयर पनि भन्ने गर्दछन् ।

यो स्पाईवेयरले मान्छेको मेसेज वा मेल पढ्न सक्छ, कल सुन्न सक्छ । स्क्रीनसट लिन सक्छ, ब्राउजर र कल हिस्ट्री हेर्न सक्छ ।

पेगासस स्पाईवेयरको पछिल्लो चर्चा

सन् २०२१ मा पुनः एकपटक पिगासस सफ्टवेयर विवादमा परेको छ । यसले भारतमा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई टार्गेट गरिएको पाइएको छ।

एनएसओ पिगासस सफ्टवेयरलाई प्रयोग गरेर ३७ ओटा फोन जसमा अभियन्ता, पत्रकार र दुई जना महिला रहेका थिए । आक्रमणमा परेका व्यक्तिहरुले सन् २०१६ मा एनएसओ टूल प्रयोग गरेका थिए ।

सन् २०१६ कै सूचीमा एक हजार जना थिए जसमा ६०० राजनीतिज्ञ, १८९ पत्रकार, ८५ मानव अभियन्ता र ६५ जना व्यवसायिक अधिकारिकहरु रहेका थिए । पहिले पनि सिटिजेन ल्याबले एनएसओ पेगासस सफ्टवेयरलाई अलजलजिराको पत्रकारहरुको आईफोन ह्याक गरेको आरोप लगाएको थियो ।

त्यस्तै पेगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको मोबाइल पनि ह्याक गरी जासुसी गरेको खुलासा भएको छ ।

फोन ह्याकिङ गरेर जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रहरूका कूटनीतिज्ञहरू पनि रहेको ‘ले मोन्डे’लाई उद्धृत गर्दै द हिन्दुमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

यस सूचीमा नयाँ दिल्लीमा रहेका ईरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेको द हिन्दुले जनाएको छ । पेगाससको प्रयोग गरेर विभिन्न देशका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप लागेको छ ।