मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू भएको छ । यसअघि पहिलो र दोस्रो राउण्डको छनोट प्रक्रिया सम्पन्न भइसकेको छ ।
गत असार १ गतेदेखि असार ३१ गतेसम्म चलेको प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत ३५० बढीको परिकल्पना आएको थियो ।
छनोटका लागि ९ जनाको मूल्यांकन समिति बनाइएको छ । पठाइएको परिकल्पना मध्येबाट उत्कृष्ट ७ परिकल्पनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।
सर्वोत्कृष्टलाई १ लाख नगद रुपैयाँ पुरस्कार राखिएको छ भने दोश्रो हुने दुई जनालाई जनही ५० हजार र तेस्रो हुने चार जनालाई जनही रू. २५ हजार नगद पुरस्कार दिइनेछ ।
यसबाहेक पनि विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक केही अफरहरू प्राप्त गर्ने छन् । आगामी भदौ ४ गते पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछन् ।
लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने एनआइसी एसिया बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसीसीए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनरको रूपमा रहेका छन ।
त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ ।