कीवर्डहरू -

ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला

ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला

सामसङले नेपालमा दुई फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला गरेको छ । कम्पनीले आईतबार दुई फोल्डेबल फोन नेपालमा सार्वजनिक गर्दै प्रि बुकिङ खुल्ला गरेको हो ।

यी फोनहरु प्रि–अडर भदौ २० गते देखि असोज ४ गतेसम्म गर्न सकिने पनि कम्पनीले जनाएको छ भने असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्रान्ड सपमा उपलब्ध हुने छ ।

यी फोन दराज, इसेवा, सेलपे, स्मार्ट डोको तथा सामसङ प्लाजाबाट प्रि–बुकिङ खुल्ला गरिएको छ ।

यी फोन लिन चाहने ग्राहकहरुले प्रि बुकिङमा जिरो प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउने बताइएको छ ।ग्राहकले न्यूनतम १० हजार ५ सय तिरेर ईएमआई सुविधा लिन सक्ने छन् ।

ईएमआई सुविधा नबिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक, उपासना बहुउद्देश्यीय सहकारी संस्था र हुलास इन्भेस्टमेन्टबाट प्राप्त गर्न सकिने छ ।

यसैगरी कम्पनीले यी फोनमा १२ महिनासम्मको निःशुल्क ब्रेकेज इन्स्युरेन्सको सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरुले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आईएमएस स्मार्टबाट ६ हजारसम्म थप सुविधामा साट्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

त्यस्तै यी स्मार्टफोनहरुको प्रि–बुकिङ्ग गर्ने ग्राहकहरु केजीएच ग्रुप, जिमखाना, होटल मेरियट, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आईएमएस लिटिल स्माइल, लेटमीइन, ट्रयाङ्कुलिटी स्पा तथा होटेल साम्बाला गरी १० हजारसम्मको उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ ।

१२/२५६ जीबीको ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीको मूल्य २ लाख १९ हजार ९९९ तथा १२/५१२ जीबीको मूल्य २ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ । ८/२५६ जीबीको ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको मूल्य १ लाख २४ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।