कीवर्डहरू -

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस, एन्ड्रोईड एप र माईक्रोसफ्ट एजको नयाँ ट्याबाट प्रयोग गर्न सकिने छ ।

यसलाई माईक्रोसफ्टको आर्टिफिसियल इन्टलिजेन्स र मेसिन लर्निङको मिश्रणले निर्माण गरिएको हो । यसमा आफ्नो इच्छा अनुसार विभिन्न जानकारीहरु दिइएको हुन्छ ।

यस फिचरले विश्वभरिको एक हजार भन्दा बढी प्रकाशकहरुबाट समाचार संकलन र प्रसारण गर्नेछ । प्रयोगकर्ताले जति स्टार्ट प्रयोग गरेर आफ्नो इच्छाको विषयहरु बताउँदै जान्छन् त्यतिनै न्यूज फिड निजीकृत हुँदै जानेछ । फिडलाई अझै राम्रो बनाउँदै जान पर्सनलाइज बटन पनि थिच्न सकिने छ ।

तपाईलाई मनपर्ने कुराहरुको जानकारी माईक्रोसफ्ट अकाउन्टसँग लिकं गरिएको हुनाले यस्तो सेवा तपाईले लग इन गरेको हरेक माईक्रोसफ्ट प्लेटफर्ममा पाउन सकिन्छ ।

स्टार्टमा विशेषगरी मौसम, ट्राफिक, खेलकुद र अर्थशास्त्रको जानकारी दिइने गरिन्छ । स्टार्टले माईक्रोसफ्ट समाचारलाई प्रतिस्थापित गरेको हो ।

माईक्रोसफ्ट समाचारको वेबसाईटमा जाँदा अब आफै स्टार्टमा रिडाईरेक्ट हुने गर्दछ । माईक्रोसफ्ट समाचार एपको आईकन र नाम पनि परिवर्तन गरिएको छ ।