कीवर्डहरू -

चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल

चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल

सामसङले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्न सफल भएको छ । अझै पनि बजारमा यी दुई प्रडक्टको माग बढिरहेको छ । माग बढि भएता पनि पर्याप्त मात्रमा उत्पादन नहुँदा फोन आपूर्तिमा समस्या देखिएको छ ।

उपभोक्ताहरुले फोल्डेबल फोनलाई एकदमै रुचईरहेका छन् तर कम्पनीले बजारको मागअनुसार प्रडक्ट पु¥याउन सकेको छैन । विश्वबजारमा देखिएको चिप अभावनै कम्पनीको फोन उत्पादनमा वाधाको ररुपमा ठहरिरहेको छ ।

यही कारणले चिप अभावलाई कम गर्न आफ्नो ग्यालेक्सी नोट फ्ल्यागशिपको उत्पादन हाललाई कम्पनीले रोक लगाएको छ । यसका साथै सामसङ ग्लालेक्सी एस२१ एफई सिरिजको स्मार्टफोन सार्वजनिक गर्न पनि ढिलाइ गर्दै आएको छ । तर अझै पनि फोल्डेबल फोनको माग पुरा गर्न सकेको छैन ।