कीवर्डहरू -

क्रियटर सब्सिक्रिप्सन फिचर परीक्षण गर्दै इन्स्टाग्राम

क्रियटर सब्सिक्रिप्सन फिचर परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले क्रियटर सब्सिक्रिप्सन फिचरको जाँच सुरु गरेको छ । यसले गर्दा इन्स्टाग्राम क्रियटरहरुका लागि पैसा कमाउने पुनः नयाँ बाटो खुलेको छ ।

क्रियटरहरुले सब्सक्राइब गरेको प्रयोगकर्ताका लागि मात्रै स्टोरी तथा लाइभस्ट्रीम गर्न पाउनेछन् । इन्स्टग्रामले सब्सक्राइबरका लागि मात्रै रहेको कन्टेन्टमा भिन्न देखाउनका लागि बैजनी रगंको गोलो लगाइदिने गर्दछ । यसको कुरा इन्स्टाग्रामका प्रमुख एडाम मोसेरीले ट्वीटरम ट्वीट गर्दै जानकारी दिएका हुुन् ।

सब्सक्राइबरहरुले आफ्नो नामको छेउमा बैजनी रगंको ब्याच पनि पाउनेछन् जसले गर्दा कन्टेन्ट क्रियटरहरुले आफ्नो सब्सक्राइबरहरुलाई बढि ध्यान दिन सक्नेछन् । अहिलेका लागि यो फिचर अमेरिकामा मात्रै उपलब्ध रहेको छ ।