कीवर्डहरू -

ह्वावेका उत्पादनहरूमा शतप्रतिशत पैसा फिर्ता ग्यारेन्टी

ह्वावेका उत्पादनहरूमा शतप्रतिशत पैसा फिर्ता ग्यारेन्टी

काठमाण्डौ। नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक  नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिदिने ग्यारेन्टी गरेको छ।

\"\"

\"\" यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ।


ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गरेको छ। ह्वावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक हो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक हो।


ह्वावेका स्मार्टफोनहरू बलियो, टिकाउ र गुणस्तरीय हुने भएकाले कम्पनीले आफ्ना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट आफ्टर–सेल्स अर्थात् बिक्री पश्चात् सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सबैभन्दा सफल स्मार्टफोन उत्पादक ह्वावेले यसको अद्वितीय प्रविधि र अद्भूत विशेषताहरूका कारण केही वर्षयता नेपाली बजारमा व्यापक लोकप्रियता हासिल गरेको छ।
यो सेवा ह्वावेका आधिकारिक च्यानल पार्टनहरूमार्फत् बिक्री हुने ह्वावे स्मार्टफोनहरू र ट्याब्लेटहरूमा लागू हुनेछ ।

आईडीसी, एसए, क्यानलिस र काउन्टरपोइन्टले जारी गरेको सन् २०१८ को विश्वव्यापी त्रैमासिक बजार अनुगमन प्रतिवेदनमा ह्वावे विश्व स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गर्न सफल रहेको छ।

निरन्तर रूपमा उत्कृष्ट गुणस्तर, उत्कृष्ट प्रविधि र डिजाइनहरूको स्मार्टफोनहरू सार्वजनिक गरिरहेको ह्वावेले संसारभरका ग्राहकहरूबाट बढ्दो लोकप्रियता र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।