नबिल बैंकले फोन लोन लिएर कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन ऋणीलाई आग्रह गरेको छ ।
सम्पर्कमा नआउने ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकले चेतावनी समेत दिएको छ ।
नबिल बैंकले केही वर्षदेखि मोबाइल एपबाटै बिना धितो २ लाखसम्मको कर्जा प्रदान गरिरहेको छ । नबिल बैंकले यो सुविधा नेपालमै पहिलो पटक सुरू गरेको थियो ।
कर्जा लिएको एकै महिना वा एक वर्षमा तिर्न सक्ने गरेर यसको किस्ता तयार गरिएको हुन्छ । किस्ताबन्दीमा दिइने कर्जा बैंक अनुसार १५ हजारदेखि दुई लाखसम्म रहने गरेको पाइन्छ ।
ऋण नतिर्ने ऋणीलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था छ। यस्तो सूचीमा परेकाहरूले सूचीबाट नबाहिरीदासम्म बैंकिङ कारोबार गर्न समस्या हुन्छ।