एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ आयोजना गर्ने भएको छ । प्रविधि क्षेत्रका प्रोफेसनल, नेतृत्वकर्ता र क्लाउड कम्प्युटिङमा रूची राख्नेहरूलाई एउटै मंचमा ल्याउने उदेश्यसहित समिट आयोजना हुन लागेको हो ।
कार्यक्रममा क्लाउड प्रविधिको भविष्य तथा प्रविधि क्षेत्रमा समावेशिताको आवश्यकता माथि गहन छलफल हुनेछ । आगामी फागुन २५ (मार्च ८) मा केएमसी कलेज, काठमाडौंमा बिहान ९ बजेदेखि साढे चारबजेसम्म आयोजना हुने यो समिटको मुख्य विषय “क्लाउड युगमा विविधता, समानता र समावेशिता" रहनेछ ।
दिनभर चल्ने कार्यक्रममा विज्ञ वक्ताहरूको प्रस्तुति, प्यानल छलफलहरू पनि हुनेछन् । सहभागीहरूलाई एडब्ल्यूएसको विशेष उपहार सामग्री (स्व्याग्स) को समेत व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई नास आईटी, काठमाडौं मोडल कलेज (केएमसी), मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), तथा आइडिया स्टुडियो नेपालले सहयोग गरेका छन् । साथै, एडब्ल्यूएस प्रयोगकर्ता समूह नेपाल – मध्यपश्चिम क्षेत्र, एडब्ल्यूएस क्लाउड क्लब नेपाल, तथा वी नेपाल कम्प्युनिटी साझेदारको रूपमा रहेका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि टिकट लिन यहाँ क्लिक गर्नुहोस् । एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ एउटा सम्मेलन मात्र नभई समावेशी, नवीन, तथा सशक्त प्रविधि समुदाय निर्माणतर्फको महत्वपूर्ण अभियान भएको आयोजकको दावी छ ।