कीवर्डहरू -

आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा कोडावतार टेक सम्मानित

आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा कोडावतार टेक सम्मानित

सूचना प्रविधि (आईटी) सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी आयकर दाखिला गर्ने कोडावतार सम्मानित भएको हो । 

शनिबार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनी कोडावतार टेकलाई सम्मान गरेको थियो ।

आईटी कम्पनी कोडावतारले २५० बढीलाई रोजगारी दिएको छ । कम्पनीका क्रिस्पकल र डायलेक्सी गरेर २ वटा आईटी प्रडक्ट समेत छन् ।