कीवर्डहरू -

राम्रो भिडियो क्रियटर बन्न चाहनुहुुन्छ ? त्यसो भए यी कुरा ध्यानमा राख्नुहोस्

राम्रो भिडियो क्रियटर बन्न चाहनुहुुन्छ ? त्यसो भए यी कुरा ध्यानमा राख्नुहोस्

हाल धेरै मानिसहरू भिडियो वा ब्लगहरू बनाउँछन् र त्यसलाई युट्युबमा प्रसारण गर्छन् । यस्तोमा, हामीलाई प्रायः एक सही र राम्रो भिडियो बनाउन धेरै कठिनाइहरूको सामना गर्नुपर्छ ।

त्यसैले, आज हामीले तपाईंका लागि केही तरिका बारे जानकारी दिदै छौं, जसले तपाईंलाई आफ्नो फोनको प्रयोग गरेर सजिलैँ उत्कृष्ट सेल्फी भिडियो बनाउन मद्दत गर्नेछ ।

तपाईं आफ्ना आवश्यकताहरूको आधारमा यी भिडियोहरू जुनसुकै प्लेटफर्ममा प्रकाशित गर्न सक्नुहुन्छ । 

प्रकाशलाई विशेष ध्यानमा राख्ने

भिडियो सुट गर्दा तपाईंको वरिपरि उज्यालो राम्रो हुनुपर्छ ताकि तपाईंको अनुहार स्पष्ट रूपमा देखियोस् । यदि प्रकाश राम्रो छैन् भने, तपाईंको भिडियोमा चमक आउने छैन् र भिडियो स्पष्ट रूपमा देखिने छैन् ।

प्रकाश तपाईंको अनुहारमा सिधै नपरी छेउबाट पर्ने गरी सुनिश्चित गर्नुपर्नेछ । अन्यथा अरू मानिसहरूले तपाईंलाई नोटिस गर्न गाह्रो हुनेछ ।

क्यामरा ओरिएंटेशनमा ध्यान दिनुहोस्

भिडियो बनाउँदा यो पनि याद राख्नुहोस् कि तपाईंले आफ्नो अनुहार आफ्नो फोनको उचाइ अनुसार समायोजन गर्नुपर्छ ।

यसका साथै, आफ्नो आँखा क्यामराको सीधामा राख्नुहोस् र धेरै माथि वा धेरै तल नहेर्नुहोस् ।

साथै, सामान्य रूपमा बोल्नुहोस् र भिडियो बनाउँदा दर्शकहरूसँग अन्तर्क्रिया गर्ने प्रयास गर्नुहोस् । धेरै हल्लिनु वा अनुहार बनाउनाले नकारात्मक प्रभाव पार्नेछ । 

ब्याकग्राउण्डलाई ध्यान दिनुहोस्

यो एक महत्वपूर्ण पक्ष हो, जसलाई तपाईंले ध्यान दिनुपर्नेछ । सँधै स्पष्ट ब्याकग्राउण्ड छनौट गर्नुहोस् ताकि दर्शकहरूले तपाईंमा ध्यान केन्द्रित गर्न सकून् । यदी पृष्ठभूमिमा धेरै मानिसहरू भएमा दर्शकहरूको ध्यान भंग हुन् सक्छ ।

ब्याकग्राउण्डको आवाजमा पनि ध्यान दिनुहोस् ।  यसरी, तपाईंले आफ्नो सन्देश सजिलैँ आफ्नो दर्शक माझ पुर्याउन सक्नुहुन्छ ।

कुन क्यामरा सही हो ?

कम्पनीहरूले आफ्ना नयाँ सेलफोनमा राम्रो क्यामेरा दिन्छन् । केही डिभाइसहरूमा पहिले नै एआई क्यामरा विकल्प हुन्छ। यस्तोमा यदि तपाईं कुनै राम्रो फोन किन्नुहुन्छ भने यो तपाईंका लागि उपयुक्त हुनेछ।

साथै कुनै पनि फोनको ब्याक क्यामेरा फ्रन्ट क्यामेराभन्दा राम्रो हुनु पर्छ । यस्तोमा तपाईं यसको प्रयोग सजिलैँ राम्रो क्वालिटीको भिडियो बनाउनका लागि गर्न सक्नुहुन्छ ।

एडिटिंग

भिडियो बनाइसकेपछि त्यसलाई सही तरिकाले सम्पादन गर्नु आवश्यक छ। यस्तोमा यदि तपाईं कुनै टूलको प्रयोग गर्न जान्नुहुन्न भने यस्ता धेरै एप्स छन्, जसको प्रयोग तपाईं फोनमै भिडियो सम्पादन गर्नका लागि गर्न सक्नुहुन्छ।