कीवर्डहरू -

जीमलेको केही जान्नै पर्ने फिचर

जीमलेको केही जान्नै पर्ने फिचर

जीमेलका विश्वभर लाखौं प्रयोगकर्ताहरू छन् । गुगलको इमेल सेवा युट्युब, प्ले स्टोर, गुगल वर्कस्पेस आदिका लागि आवश्यक छ । यदि तपाइँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने, एप डाउनलोड गर्नदेखि लिएर आफ्नो स्मार्टफोनमा युट्युब चलाउनसम्म, तपाईले जीमेल अकाउन्ट बनाउनु पर्छ । यो डिजिटल र हाई(टेक संसारमा, इमेल हुनु धेरै महत्त्वपूर्ण छ । तपाईले आफ्नो व्यावसायिक र व्यक्तिगत कामको लागि पनि जीमेल प्रयोग गर्नुहुन्छ । हामी तपाईलाई जिमेलका यस्ता स्मार्ट ट्रिकका बारेमा बताउन गइरहेका छौँ, जसले तपाईको दैनिक जीवनलाई सहज बनाउँछ । 

पठाइएको अनडू गर्ने

हामी मध्ये धेरै प्रयोगकर्ताहरूलाई थाहा छैन कि जीमेलबाट पठाइएको इमेलहरू पनि फिर्ता गर्न सकिन्छ । यसका लागि तपाईले जीमेलको अनडू सेण्ड फिचर प्रयोग गर्नुपर्नेछ । धेरै पटक हामी ईमेल पठाउँदा केहि जोड्न बिर्सन्छौं वा सानो गल्ती गर्छौं जसकारण मेल अनसेण्ड गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा जिमेलको यो फिचर निकै उपयोगी छ ।

कन्फिडेन्सियल मोड

तपाईले आफ्नो इमेलमा धेरै संवेदनशील जानकारी पठाउन जीमेलको यो स्मार्ट सुविधा प्रयोग गर्न सक्नुहुन्छ । यो सुविधा प्रयोग गरेर, मेल प्राप्त गर्ने प्रयोगकर्ताले न त तपाईंको इमेल फर्वाड गर्न सक्षम हुनेछन् न त इमेलको सामग्री प्रिन्ट र डाउनलोड गर्न सक्षम हुनेछन् ।

स्मार्ट कम्पोज

स्मार्ट कम्पोजमा उपलब्ध यो सुविधाले तपाईको धेरै समय बचाउन सक्छ । स्मार्ट कम्पोज सुविधा सक्षम गरेपछि, तपाईले इमेल टाइप गर्दा एकल ट्यापमा लामो वाक्यहरू रचना गर्न सक्षम हुनुहुनेछ । यो सुविधाले स्वचालित रूपमा वाक्य टाइप गर्न सुझाव दिन्छ, जसको प्रयोग गरेर समय बचत गर्न सकिन्छ ।

स्नुज फर लेटर

जीमेलको यो सुविधा मार्फत तपाईले आफ्नो इनबक्समा आउने म्यासेज अर्थात इनकमिङ इमेललाई केही समयका लागि रोक्न सक्नुहुन्छ । यो सुविधा अस्थायी रूपमा काम गर्दछ । विशेष गरी यदि तपाइँ मिटिंगको समयमा कुनै इमेल वा सन्देश प्राप्त गर्न चाहनुहुन्न भने, तपाइँ जीमेलको यो स्मार्ट सुविधा प्रयोग गर्न सक्नुहुन्छ । 

लेबल्स
यो जीमेलको एउटा महत्त्वपूर्ण सुविधा हो जसले तपाईंलाई आफ्नो इमेलमा विशेष कार्यहरू व्यवस्थित गर्न मद्दत गर्छ । सरल भाषामा, यो सुविधा मार्फत तपाईले आफ्नो इमेल इनबक्सलाई राम्रोसँग व्यवस्थित गर्न सक्षम हुनुहुनेछ ।