कीवर्डहरू -

अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स

अनलाइन ठगीबाट जोगिन गूगलले दिएका ५ टिप्स

देशमा अनलाइन ठगीका घटना लगातार बढ्दै छन् । हरेक दिन साइबर अपराधीहरूले मानिसहरूको बैंक खाताबाट पैसा निकाल्ने नयाँ–नयाँ तरिका अपनाइरहेका छन् ।

डिजिटल गिरफ्तारीदेखि लिएर ट्रेडिङ ठगीसम्म, आम नागरिक दिनहुँ यस्ता ठगहरूको सिकार भइरहेका छन् ।

गूगल, जसलाई विश्वभर अरबौँ मानिसहरूले प्रयोग गर्छन्,सो कम्पनीले हालै नै प्रयोगकर्ताहरूलाई यस्ता साइबर अपराधीहरूबाट सुरक्षित रहन र ठगी पहिचान गर्नका लागि केही महत्वपूर्ण उपाय सुझाएको छ ।

आउनुहोस्, वित्तीय तथा व्यक्तिगत डेटा सुरक्षित राख्न तपाईंले कुन–कुन सावधानी अपनाउन सक्नुहुन्छ भन्ने बारे जानौं ।

क्रिप्टो लगानीमा सतर्क रहनुहोस्

यदि तपाईंलाई कुनै इमेल वा सन्देशमार्फत क्रिप्टो लगानी योजनामा उच्च रिटर्नको वाचा गरिन्छ भने, यो सम्भवतः एक ठगी हो । कुनै पनि वास्तविक योजनाले छोटो समयमा तपाईंको धन दोब्बर हुने ग्यारेन्टी दिन सक्दैन् । यदि कुनै अफर वा डिल “धेरै राम्रो“ लाग्छ भने, त्यो ठगी हुनसक्छ ।

नक्कली एप्स र वेबसाइटहरूबाट जोगिनुहोस्

धेरै साइबर अपराधीहरूले लोकप्रिय एप्स र वेबसाइटहरूको नक्कल गरेर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी गर्ने प्रयास गर्छन् । यस्ता नक्कली पोर्टलहरू हेर्दा वास्तविक जस्तै देखिन्छन् र कहिलेकाहीँ नयाँ आकर्षक सुविधाहरू पनि थपिएका हुन्छन् । त्यसैले कुनै पनि एप केवल आधिकारिक एप स्टोर वा गूगल प्ले–स्टोरबाट मात्र डाउनलोड गर्नुहोस् ।

ल्यान्डिङ पेज क्लोकिङबाट जोगिनुहोस्

यो एक उच्च प्रविधिको ठगी हो, जसमा स्क्यामरहरूले प्रयोगकर्ताहरू र गूगललाई फरक सामग्री देखाउँछन् । यस्ता वेबसाइटहरूले प्रख्यात वेबसाइटहरू जस्तै देखिने अनुभव दिन्छन् र प्रयोगकर्ताहरूको लगइन आईडी तथा अन्य गोप्य विवरण माग्छन् ।

यसलाई उनीहरूको खातामा पहुँच पाउन र पैसा चोरी गर्न प्रयोग गरिन्छ । यस्ता वेबसाइटहरू पहिचान गर्नका लागि यूआरएल ध्यानपूर्वक जाँच गर्नुहोस् र रिडाइरेक्शन भए पनि यूआरएल उस्तै रहन्छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् ।

डीपफेक सन्देशहरूबाट सावधान रहनुहोस्

गूगलले भनेको छ कि कुनै पनि भिडियो, अडियो, वा फोटो ध्यानपूर्वक हेर्नुहोस् । धेरै यस्ता घटनाहरू देखिएका छन् जसमा कुनै सेलिब्रिटीलाई ट्रेडिङ एप प्रवद्र्धन गरिरहेको देखाइएको छ, तर वास्तवमा उसले त्यो एप कहिल्यै प्रमोट गरेको हुँदैन् ।

पहिलो नजरमा यस्ता भिडियो तथा अडियो वास्तविक लाग्न सक्छन्, तर ध्यानपूर्वक हेर्दा वा सुन्दा थाहा हुन्छ कि यी सामग्रीहरू एआईको मद्दतले तयार पारिएका छन् । यस्ता भिडियोहरूमा नझुक्किनुहोस् र विश्वास गरेर लगानी नगर्नुहोस् ।