सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक गरेको छ । यो यस वर्षको सामसंगको सबैभन्दा ठूलो र पहिलो इभेन्ट हो । ग्यालेक्सी एस २५ सिरिजका फोनमा कस्टमाइज स्न्यापड्र्यागन ८ एलीट चिपसेट छ । साथै, सबै फोनमा १२ जीबी ¥यामसहित १ टिबी सम्मको स्टोरेज उपलब्ध छ ।
फोनमा ५० मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा छ, जसले आइफोन १५ प्रो र आइफोन १६ प्रो जस्तै भिडियो रेकर्डिङ गर्न सक्षम बनाउँछ । सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा मा गूगल जेमिनाई एआई असिस्टेन्ट उपलब्ध छ, जसले सामसंग नोट्स, युट्युब, र अन्य एपहरूसँग काम गर्छ ।
सामसंग ग्यालेक्सी एस २५ अल्ट्राः मूल्य र उपलब्धता
सामसंग ग्यालेक्सी एस २५ अल्ट्राको सुरूवाती मूल्य २,०७,९९९ रुपैयाँ छ । यो मूल्यमा १२ जीबी ¥याम र २५६ जीबीको स्टोरेज पाइन्छ । १२ जीबी ¥याम र ५१२ जीबी स्टोरेजको मूल्य २,२७,१९९ रुपैयाँ छ भने १२ जीबी ¥याम र १ टिबी स्टोरेजको मूल्य २,६५,५९९ रुपैयाँ छ ।
सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा लाई टाइटेनियम ब्ल्याक, टाइटेनियम ग्रे, टाइटेनियम सिल्भरब्लु, र टाइटेनियम ह्वाइटसिल्भर जस्ता रंग विकल्पहरूमा किन्न सकिन्छ । यसको अतिरिक्त, सामसंगको वेबसाइटमा यो फोन टाइटेनियम जेडग्रिन, टाइटेनियम जेटब्ल्याक, र टाइटेनियम पिंकगोल्ड जस्ता रंग विकल्पहरूमा पनि उपलब्ध हुनेछ ।
डुअल–सिम सपोर्ट गर्ने सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ इन्टरफेसमा चल्छ । यो डिभाइसले ग्यालेक्सी एआई फिचरहरूको सपोर्ट गर्दछ, र यसलाई ७ वर्षसम्म एन्ड्रोइड ओएस र सुरक्षा अपडेट उपलब्ध गराइने वाचा गरिएको छ । यसमा कस्टम स्न्यापड्र्यागन ८ एलीट फॉर ग्यालेक्सी चिप प्रयोग गरिएको छ, जुन १२ जीबी ¥याम र १ टिबी सम्मको इनबिल्ट स्टोरेजका साथ आउँछ ।
सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा मा ६.९–इन्चको (१,४००X३,१२० पिक्सल) डाईनामिक एमोलेड २ एक्स डिस्प्ले दिइएको छ । यो १ हर्ज देखि १२० हर्जसम्मको भेरिएबल रिफ्रेस रेट र २,६०० निट्सको पिक ब्राइटनेसका साथ आउँछ । स्क्रिनमा कोर्निंग गोरिल्ला आरमर २ प्रोटेक्शन दिइएको छ । यसको डिजाइनमा हल्का गोलो कुनाहरू समावेश गरिएका छन्, जसले यसलाई अघिल्लो मोडेलभन्दा फरक बनाउँछ ।
फोनमा २०० मेगापिक्सलको प्राइमरी क्यामेरा छ, जसमा २ एक्स इन–सेंसर जुम, अप्टिकल ईमेज स्टेबिलाईजेसन (ओआईएस) र एफ/१.७ अपर्चर दिइएको छ । दोस्रो लेन्स ५० मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा हो, जसमा १२०–डिग्री फिल्ड अफ भ्यू र एफ/१.९ अपर्चर छ । तेस्रो लेन्स ५० मेगापिक्सलको टेलिफोटो लेन्स हो, जसले ५X अप्टिकल जुम सपोर्ट गर्छ । चौथो लेन्स १० मेगापिक्सलको टेलिफोटो लेन्स हो, जसले ३ एक्स अप्टिकल जुम र ओआईएस सपोर्ट गर्दछ । फ्रन्ट क्यामेरा १२ मेगापिक्सलको छ, जसमा एफ/२.२ अपर्चर छ ।
यो स्मार्टफोन फाइभजी, फोरजी एलटीई, वाइ–फाइ ७, ब्लुटुथ ५.४, एनएफसी, यूडब्ल्यूबी, जीपीएस, र यूएसबी टाइप–सी पोर्ट समर्थन गर्छ । यसमा सामसंगको एस पेन स्टायलस पनि समावेश छ । साथै, यसलाई आईपी६८ रेटिङ दिइएको छ, जसले यसलाई धूलो र पानीबाट सुरक्षित राख्छ ।
सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा मा ५,०००एमएएचको ब्याट्री दिइएको छ, जसले ४५ वाट वायर्ड चार्जिङ (चार्जर अलग उपलब्ध) सपोर्ट गर्छ । यसमा फास्ट वायरलेस चार्जिंग २.० (१५ वाट) र वायरलेस पावरसृयर (रिभर्स वायरलेस चार्जिङ) पनि सपोर्ट छ ।