नेपाली बजारमा विद्युतीय कार स्काइवेल इटी फाइभ सार्वजनिक भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नेपालमा विद्युतीय गाडी ईटी फाइभ ल्याएको हो ।
बिहीबार सार्वजनिक समारोहमा कम्पनीले ९ जनालाई स्काइवेल इटी फाइभ गाडी हस्तान्तरण समेत गरेको थियो । चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ ।
एक पटक फुल चार्ज गरेपछि स्काइवेल इटी फाइभ ६२० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायतका सुविधाहरू रहेका छन् ।
इटी फाइभमा ८ वर्षको वा २० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ । स्काइवेल इटी फाइभको मूल्य १ लाख ९ हजार रूपैयाँ तोकिएको छ ।