कीवर्डहरू -

Most read

सय बढी स्टार्टअपको सहभागितामा आजदेखि स्टार्टअप फेस्ट हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार र शनिबार अर्थात आज र भोलि काठमाडौैं स्थित बानेश्वर बैंक्वटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ ।

यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुदैछ ।
२ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने छ ।

स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए ।

यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ ।

फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ ।

स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो । १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ ।

बुधबार मात्रै आइसिटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो ।

त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

यस कार्यक्रममा इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

Most read

आइसिटी अवार्ड २०२३ को अनलाइन नोमिनेसन भदौ १५ सम्म

२०८० भदौ ३, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा …

व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित छौं : क्याम्पस प्रमुख कट्टेल 

राजु कट्टेल
क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं 

कान्तिपुर सिटी कलेजले पूर्वाञ्चल विश्वविद्यालयबा…

साउनदेखि गूगल, युट्युब, फेसबुक, नेटफ्लिक्स लगायतले कर तिर्नुपर्ने (कार्यविधिसहित)

आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धि कार्यविधि, २…

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्…

जीमेलमा भएको स्टोरेज भरियो ? यसरी गर्नुहोस् खाली

यदि तपाई जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईले पनि जिमेल आउट अफ स्टोरेज समस्याको सामना पक्कै पनि गर्नु भएको होला । यदि जीमेल …

अबको भविष्यः मेटाभर्स

कल्पना गर्नुहोस् त तपाईंले म्यासेन्जरमा भिडियो कल मोबाईलको स्क्रीनमा होइन, वास्तविक द…

आइसिटी अवार्डमा ३ विधाका उत्कृष्ट ५ को घोषणा

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ…

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …

फोन चोरी भयो ? यसरी सुरक्षित राख्नुहोस् बैंक विवरण र मोबाइल वालेट

आजकाल चोरहरु तपाईको मोबाईल लिएर एउटै चिज खोज्छन् ? त्यो हो, बैंक विवरण । आजभोलि …

अब माेबाइल एपबाटै हाजिरी

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीव…

आईसीटी क्षेत्रका प्राकएकेडेमिसियन सञ्जय लामा

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको इतिहास …