कीवर्डहरू -

Most read

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा 

५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट आईएमई पे यतिबेला आफ्नो दायरा फराकिलो बनाउने चरणमा छ ।

यसअघि नै रिचार्ज, बिल भुक्तानी लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा दिइरहेको आईएमई पेले अब भने धेरै नयाँ सुविधा थप गर्दैछ ।

केही समयपछि आईएमई पेमा ऋण लिन सकिने, बैंकमा खाता खोल्न सकिने, डिम्याट खाता खोल्न सकिने, टीएमएस खाता खोल्न सकिने लगायतका सुविधा आउँदै छन् ।

विशेष गरी बैंकको पहुँचमा नभएका ग्राहकलाई डिजिटल वालेटबाटै बैंकिङ सुविधा प्रदान गर्ने गरी आईएमई पेले ‘मिनी बैंक’को अवधारणामा काम गरिरहेको छ ।

मिनी बैंकको अवधारणा अन्तर्गत बैंकको पहुँच नभएका ग्राहकलाई वित्तिय लगायत बैंकिङ सुविधा दिने योजनाका साथ काम गरिरहेको आईएमई पेका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले बताए ।

‘आईएमई पेको अहिलेको भिजन भनेको बैंकको पहुँचमा नभएका ग्राहकलाई वित्तिय र बैंकिङ सेवा दिने हो,’ उनले अगाडि भने, ‘उक्त भिजन अन्तर्गत एपबाटै धेरैभन्दा धेरै बैंकिङ सुविधा दिने तयारी छ ।’

आईएमई पे नेपालको अग्रणी डिजिटल वालेट सेवा प्रदायक हो । ३० लाख बढी डाउनलोड भएको आईएमई पेका मासिक ३ लाख सक्रिय प्रयोगकर्ता छन् ।

कोरोना महामारीपछि डिजिटल कारोबार गर्ने प्रयोग गर्ने प्रयोगकर्ताको संख्या पनि बढेको छ । यसको लाभ आईएमई पेले पनि पाएको छ ।

‘कोरोना महामारी अघि पनि आईएमई पेको अवस्था राम्रो थियो । नेपालको अग्रणी वालेटमा पर्थ्यो,’ भट्टराई भन्छन्, ‘कोरोना महामारीपछि आईएमई पे अझै बलियो भएको छ । ग्राहक पनि बढेका छन् । कारोबार पनि बढेको छ ।’

\"\"

निमित्त सीईओ भट्टराई


प्रयोगकर्ताको डेटा सुरक्षाका लागि निरन्तर अनुगमन गरिरहेको कम्पनीको भनाइ छ । ‘हामीले ग्राहकको डेटा सुरक्षामा ध्यान दिएका छौं । सिस्टम लगातार अनुगमन गरिरहेका हुन्छौं,’ उनले भने, ‘समय समयमा बाहिरबाट पनि सुरक्षा अडिट गराइरहेका छौं । आईएमई पे आफैमा पीसीआई डीएसएस प्रमाणित संस्था हो ।’

अब केही समयपछि आईएमई पेबाट ५ लाखसम्म ऋण लिन सकिने छ । राष्ट्र बैंकले करिब १ वर्ष अगाडि विद्युतीय कर्जासम्बन्धि मार्ग निर्देशन जारी गर्दै ५ लाखसम्म अनलाइनबाटै ऋण लिन सक्ने व्यवस्था गरेको थियो । उक्त नीति अन्तर्गत नै रहेर एपबाटै ऋण प्रदान गर्ने भट्टराईले जानकारी दिए ।

बैंक तथा वित्तिय संस्थामा तलवी खाता खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाख र अन्य ग्राहकको हकम अधिकतम २ लाख रूपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध हुनेछ ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा/फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने छ ।

आईएमई पेका एजेन्टका लागि आउँदो डिसेम्बरमा यो सेवा सुरू हुनेछ । सुरूमा एजेन्टका लागि ऋण लिन सक्ने सेवा सुरू हुने त्यसपछि अन्य ग्राहकमा विस्तार गर्ने योजना रहेको उनी बताउँछन् ।

यसका साथै विद्युतीय सामग्री खरिदका लागि पनि प्रयोगकर्तालाई फाइनान्सिङ सुविधा पनि दिने तयारी गरेको छ । जनवरी/फ्रेबुअरीमा फाइनान्सिङ सुविधा सुरू हुनेछ ।

आईएमईको पेको अर्को सुविधा भनेको वालेटमा राखेको पैसामा ब्याज दिने हो । ब्याज दिने नेपालको एक मात्र वालेट हो ‘आईएमई पे’ । आईएमई पेले हाल ७.१३ प्रतिशत ब्याज दिदै आएको छ ।

प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार रूपैयाँ राखेपछि अकाउन्ट सुपरवालेटमा रूपान्तरण हुनेछ । त्यसपछि ब्याज आउन सुरू गर्नेछ ।

यस्तै आईएमई पेले प्रयोगकर्तालाई अहिले निःशुल्क भिसा कार्ड समेत प्रदान गर्दै आएको छ । बैंकले प्रदान गर्दै आएको एटीएम कार्ड बिना कुनै झन्झट आईएमई पेले एक केही समयमै दिन्छ ।

आईएमई पेको भौतिक भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ । उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ ।

नेपालमा अझै पनि धेरै जनाले क्युआरबाट वा मोबाइलबाट कारोबार गर्न जान्दैनन् । विशेष गरी अनलाइनमा कारोबार गर्न नजान्ने व्यक्तिहरुलाई लक्षित गर्दै भिसा कार्ड ल्याएको उनले बताए ।

यसका साथै आईएमई पेले भर्चुअल भिसा कार्ड समेत प्रदान गर्दै आएको छ । भर्चुअल कार्डबाट भने नेपालमा मात्रै अनलाइन भुक्तानी गर्न सकिन्छ ।

आईएमई पेले इन्स्योरेन्स प्रिमियम तिर्ने मात्रै होइन्, पोलिसी समेत खरिद गर्न सेवा सुरू गरेको छ । बीमा पोलिसी किन्न इन्स्योरेन्स  रेमिट्यान्स वालेटमा ल्याउन सकिन्छ ।

हाल आईएमई जनरल इन्स्योरेन्सको बीमा पोलिसी एपबाट किन्न सकिन्छ । लाइफ इन्स्योरेन्सको बीमा पोलिसी पनि छिट्टै आउने भट्टराईले जानकारी दिए । पोलिसी किन्ने सुविधा ल्याउन अन्य बीमा कम्पनीसँग सहकार्य गर्ने तयारी छ ।

\"\"

नेपालमा पछिल्लो समय हरेक क्षेत्र डिजिटाइजेसन हुने लहरमा छन् । अरू भन्दा वित्तिय क्षेत्र अझै बढी डिजिटाइज भएको छ । नेपालमा डिजिटल भुक्तानीको बजार बढ्दो रहेको उनको धारणा छ ।

‘नेपालमा अझै पनि धेरै क्षेत्र डिजिटलाइज हुन बाँकी छ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्रलाई छिटो भन्दा छिटो वितरण, केन्द्रिय केवाईसी स्थापना गर्न र डिजिटल हस्ताक्षरलाई लागु भए डिजिटाइजेसन तीब्र गतिमा बढ्ने छ ।’

यसका साथै आईएमई पेले यो वर्ष विद्यालय र कलेजमा डिजिटल प्लेटफर्म कसरी सुरक्षित प्रयोग गर्ने बारे जनचेताना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

विद्यालय र कलेजका साथै स्थानीय तहसँग पनि मिलेर साक्षरताका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।

Most read

दूरशिक्षाबाट तालिम लिएका विद्यार्थीहरू खालि छैनन्, जब प्लेसमेन्ट राम्रो छ - सीईओ पाण्डे

पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । कोरोना महामा…

नेपाल टेलिकमले ल्यायो समर अफर

काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भार…

ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउँदै ‘यार्सा टेक्नोलोजी’

काठमाडौंको सडकमा देखिने अव्यवस्थित ट्राफिक, यहाँको मूख्य समस्या हो । शहरलाई विरुप …

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाबाट एनसेल आजियाटा…

२७ जना युवालाई नि:शुल्क कम्प्युटर तालिम, सशक्तीकरण अभियानमा मिड टाउनको साथः गभर्नर लम्साल

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको …

एफटीसीको फेसबुकलाई ५ अर्ब डलर जरिवाना गर्ने निर्णय

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकलाई डाटा सुरक्षा र गोपनीयता उलंघन गरेको भनेर फे…

बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी

पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा…

विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि

म्यायक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेईलन गरी गरे म्या्क्स कनेक्टले…

बैंक मै भने, ‘नागरिक एप देखाएर हुदैन्, प्यान कार्ड नै ल्याउनुस्’

काठमाडौं मैतिदेवी बस्ने बाराका सुनिल यादवले केही दिन अघि डलर कार्डका लागि अनलाइनबाट एनआइसी एशिया बैंकमा आवेदन …

जीमेलमा आउने ‍अनावश्यक इमेललाई यसरी गर्नुहोस् ब्लक

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…

नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर्स प्रालिबीच सूचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।…

सरकारले स्टार्टअपलाइ ५० लाखसम्म पुजी अनुदान दिने, यसरी बुझाउनुहोस अनलाइन प्रस्ताब

नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत स्टार्टअप (नवप्रवर्तन) को लागि पूँजी अनुदान प्रदान गर्ने उदेश्यले प्रस्ताव आव्ह्वान गरेको छ । आज प्रकाशित सूचना मार्फत…

खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं। शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मे…

त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ? 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले  बीएससी सीएसआ…

जीमेलमा ‍अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ? यसरी गर्नुहोस् ब्लक

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…