नयाँ प्रविधि
किबोर्ड सर्टकटदेखि मल्टी मोनिटर सपोर्टसम्म, पावर टोइजको नयाँ संस्करणमा के-के थपियो ?
काठमाडौं । माइक्रोसफ्टले पावर टोइजको नयाँ संस्करण ०.१०० सार्वजनिक गरेको छ । पावर टोइजको २० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको यो अपडेटमा विन्डोज प्रयोगकर्ताका लागि उपयोगी नयाँ सुविधा र विभिन्न सुधारहरू समावेश गरिएको छ ।
नयाँ संस्करणमा “सर्टकट गाइड” नामक सुविधा थपिएको छ । यसले प्रयोग भइरहेको एपअनुसार उपलब्ध किबोर्ड सर्टकटहरूलाई साइडबारमा देखाउने काम गर्छ । यो सुविधाले सक्रिय एप पहिचान गरी त्यससँग सम्बन्धित सर्टकटहरू देखाउँछ र विभिन्न एपहरूलाई समर्थन गर्छ ।
विन्डोज प्रयोगलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन पावर टोइजलाई उपयोगी टुल्स सेटका रूपमा प्रयोग गरिँदै आएको छ । नयाँ अपडेटसँगै यसको कार्यक्षमता थप सुधार गरिएको माइक्रोसफ्टले जनाएको छ ।
संस्करण ०.१०० मा कमान्ड प्यालेटलाई अझ परिष्कृत बनाइएको छ । त्यस्तै, एक्सटेन्सन ग्यालरी मार्फत समुदायले विकास गरेका एक्सटेन्सनहरू सजिलै हेर्न र सिधै इन्स्टल गर्न सकिने सुविधा थपिएको छ । यस अपडेटमा मल्टी मोनिटर सपोर्ट, सुधारिएको ब्याट्री मोनिटर, डकसम्बन्धी सुधार तथा अन्य साना–ठूला कार्यसम्पादन सुधारहरू समावेश छन् ।
माइक्रोसफ्टका अनुसार नयाँ संस्करणमा स्टार्टअप समय घटाइएको छ र सिस्टम रिस्टार्टपछि मोनिटर पहिचान गर्ने क्षमता अझ भरपर्दो बनाइएको छ । साथै, .NET 10 मा अपग्रेड गरिएपछि समग्र प्रणालीको कार्यसम्पादन अझ सहज भएको र इन्स्टलरको आकार करिब १५ प्रतिशतले घटाइएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त फ्लाआउट मेनु अब Escape कुञ्जी थिचेर बन्द गर्न सकिने भएको छ भने स्लाइडरहरूलाई माउस ह्विल प्रयोग गरेर सजिलै समायोजन गर्न सकिने सुविधा पनि थपिएको छ ।
नयाँ प्रविधि
क्यानडामा एआई च्याटबोट नियमन कडा बनाउने तयारी, नयाँ कानुनको मस्यौदा संसद्मा
काठमाडौं । क्यानडाले कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्दै नयाँ निय…
रेडिटमा नयाँ फिचर : अब कमेन्ट मात्र होइन, भिडियोबाट पनि दिन सकिनेछ प्रतिक्रिया
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप गरेको छ । अब प्रयोग…
एप्पलको नयाँ सुविधा : एउटै सब्स्क्रिप्सनमा धेरै एप प्रयोग गर्न सकिने
काठमाडौं । एप्पलले पहिलो पटक एप स्टोरमा नयाँ सब्स्क्रिप्सन बन्डल सुविधा सार्वजनिक गरेको छ । यसअन्तर्गत विभिन्न एप…
एप्पलको नयाँ एआई फिचरले शर्टकट्स एपलाई बनायो अझ सहज
काठमाडौं । एप्पलले आईओएस २७ मा शर्टकट्स (Shortcuts) एपका लागि नयाँ एआई सुविधा सार्वजनिक गरेको छ । अब प्रयोग…
फिफा वर्ल्ड कप २०२६ को स्मार्ट बल ट्रियोन्डा : मैदानमा एआई जस्तो काम गर्ने बल
काठमाडौं । फिफा वर्ल्ड कप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । यही हप्ता, ११ जुनबाट विश्वका …
एप्पलले थप्यो स्मार्ट एआई टुल, गलत एङ्गलको फोटो पनि सुधारिने
काठमाडौं । एप्पलले आफ्नो फोटो एपमा एप्पल इन्टेलिजेन्समा आधारित नयाँ एआई एडिटिङ फिचरहरू थप्ने घोषणा गरेको छ ।…
अनुहारको डिजिटल सिग्नेचर : एआईले आइ स्पेसिङ, नोज शेप र फेसियल ज्यामितिलाई कसरी बायोमेट्रिक डेटामा बदल्छ ?
काठमाडौं । आजको डिजिटल युगमा अनुहार पहिचान प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । स्मार्ट…
एआईको बढ्दो प्रयोगसँगै सोलोप्रेन्योरशिपको नयाँ लहर
काठमाडौं । आर्टिफिसियल इंटेलिजेन्स अर्थात् एआईको प्रयोग पछिल्ला केही वर्षमा निकै बढेको छ । एआईले व्यवसायमा पनि ठूलो परिवर्तन ल्याइदिएक…
च्याटजीपीटीको अभूतपूर्व विस्तार : प्रयोगकर्ता संख्या १ अर्ब नाघ्यो
काठमाडौं । कृत्रिम बुद्धिमत्तामा आधारित संवादात्मक प्लेटफर्म च्याटजीपीटीले विश्वव्यापी प्रयोगकर्ताको संख्यामा नयाँ…
ओपनएआईको नयाँ ‘ड्रिमिङ’ मेमोरी सिस्टम, च्याटजीपीटीलाई अझ बनायो स्मार्ट
काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय एआई च्याटबोट च्याटजीपीटीको मेमोरी र समग्र कार्यक्षमता सुधार गर्ने ठूलो अपग्रेड सार्वजनिक गरेको छ । नयाँ …
गुगलको नयाँ कदम : क्रिएटर र प्रकाशकका लागि सर्च प्रोफाइल फिचर
काठमाडौं । गुगलले सर्च प्लेटफर्ममा क्रिएटर तथा प्रकाशकहरूका लागि ‘सर्च प्रोफाइल’ नामक नयाँ सुविधा…
गुगल जेमिनीमा नयाँ अवतार फिचर : व्यक्तिगत एआई भिडियो बनाउन सकिने
काठमाडौं । गुगलले आफ्नो जेमिनी प्लेटफर्ममा रहेको ‘अवतार’ सुविधा विस्तार गर्दै थप पेड (सशुल्क) प्र…
मोबाइल एपभित्रका विज्ञापन रोक्ने नयाँ टुल ‘फिल्टर’ सार्वजनिक
काठमाडौं । मोबाइल तथा कम्प्युटरमा देखिने विज्ञापन र ट्र्याकिङ नियन्त्रणका लागि नयाँ प्रविधि सार्वजनिक गरिएको छ …
मेटाले फेसबुकमा ल्यायो एआई क्रिएटर असिस्टेन्ट, कन्टेन्ट निर्माणमा दिनेछ स्मार्ट सुझाव
काठमाडौं । मेटाले फेसबुकमा नयाँ एआई क्रिएटर असिस्टेन्ट सार्वजनिक गरेको छ, जसले सामाग्री सिर्जनाकर्ताहरू (क्रिए…
मेटाको ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : पोस्ट प्रमोसनदेखि प्रोफाइल कस्टमाइजेसनसम्म, के-के छन् सुविधा ?
काठमाडौं । मेटाले गत महिना घोषणा गरेको आफ्नो सामाजिक सञ्जाल सदस्यता योजनाअन्तर्गत इन्स्टाग्राम प्लस सेवा विश्वव्य…