नयाँ प्रविधि
युट्युब सर्ट्समा नयाँ फिचर्स थपिँदै, प्रयोगकर्ताले पाउनेछन् यस्ता सुविधा
काठमाडौं । युट्युबले आफ्नो सर्ट्स (Shorts) प्लेटफर्ममा प्रयोगकर्ताको अनुभव सुधार गर्न केही नयाँ र आकर्षक फिचरहरू सार्वजनिक गर्ने भएको छ । अब सर्ट्स भिडियोहरूलाई २ गुणा (2x) सम्मको गतिमा हेर्न सकिने सुविधा थपिने भएको छ, जसले प्रयोगकर्तालाई सामाग्री छिटो हेर्न र मनपर्ने भाग सहजै फेला पार्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
हट्यो 'डिसलाइक' बटन, थपिए नयाँ विकल्प
यस अपडेटसँगै सर्ट्सबाट परम्परागत ‘डिसलाइक’ बटन हटाइएको छ । अब प्रयोगकर्ताले आफूलाई मन नपर्ने सामाग्रीहरू हटाउनका लागि 'Not interested' र 'Don’t Recommend This Channel' जस्ता विकल्पहरू प्रयोग गर्न सक्नेछन् । साथै, ‘लाइक’ बटनको स्थानमा अब हार्ट (Heart) इमोजी देखिनेछ ।
'क्लियर स्क्रिन मोड'को सुविधा
नयाँ अपडेटमा ‘क्लियर स्क्रिन मोड’ (Clear Screen Mode) पनि थपिएको छ । यसको मद्दतले भिडियो हेर्दा स्क्रिनमा देखिने विभिन्न आइकन र टेक्स्टहरूलाई अस्थायी रूपमा लुकाउन सकिनेछ, जसले गर्दा प्रयोगकर्ताले बिना कुनै अवरोध पूरा भिडियोको आनन्द लिन सक्नेछन् ।
कहिलेदेखि उपलब्ध हुन्छ ?
कम्पनीका अनुसार यी सबै परिवर्तनहरू सर्ट्स प्रयोग गर्ने अनुभवलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाउनका लागि गरिएका हुन् । यद्यपि, यी अपडेटहरू विश्वभरका सबै प्रयोगकर्ताका लागि कहिलेदेखि पूर्ण रूपमा उपलब्ध हुनेछन् भन्ने निश्चित मिति भने सार्वजनिक गरिएको छैन । युट्युबले यी नयाँ फिचरहरू क्रमिक रूपमा (Roll out) उपलब्ध गराउँदै लैजाने जनाएको छ ।
नयाँ प्रविधि
दुई वा बढी प्रयोगकर्ताले एउटै पोस्ट गर्न पाउने लिंक्डइनको नयाँ सुविधा
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म लिंक्डइनले प्रयोगकर्ताहरूलाई संयुक्त रूपमा सामाग्री प्रकाशन गर्न सकिने नयाँ …
इन्टरनेट नभए पनि इमेल तयार : माइक्रोसफ्ट आउटलुकमा आयो नयाँ अफलाइन सुविधा
काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को नयाँ आउटलुक एपमा अफलाइन सपोर्टलाई थप सुधार गरेको छ । अब प्रयोगकर्ताले…
लाइभ सपिङ र एआई विज्ञापनमा मेटाको अपडेट, फेसबुक–इन्स्टाग्राममा थपिए नयाँ सुविधा
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताका लागि लाइभ कमर्स तथा डिजिटल विज्ञापन…
च्याटिङ अनुभव बदल्ने तयारीमा ह्वाट्सएप, नयाँ एनिमेसन फिचर परीक्षणमा
काठमाडौं । विश्वभर लोकप्रिय सन्देश आदानप्रदान प्लेटफर्म ह्वाट्सएपले आइफोन प्रयोगकर्ताको च्याटिङ अनुभवलाई थप आकर्षक…
एआईको पर्दा पछाडिको अदृश्य श्रमशक्ति, नेपाललाई पनि असर पुर्याउँदै
काठमाडौं । जब हामी च्याटजीपीटी, जेमिनाइ वा क्लडजस्ता एआई च्याटबोटसँग कुरा गर्छौं, हामीलाई तिनले स्वतः स…
क्वालकमद्वारा ‘स्टार्ट’ कार्यक्रमको घोषणा, व्यक्तिगत एआई डिभाइस निर्माण अब अझ छिटो हुने
काठमाडौं । अग्मेन्टेड वर्ल्ड एक्सपोमा क्वालकम टेक्नोलोजीजले स्न्यापड्र्यागन स्केलेबल टर्नकी एआई-रेडी टुलकिट&nb…
फेसबुकमा एआईको नयाँ प्रयोग : स्मार्ट सर्चदेखि फोटो भिडियो सम्पादनसम्मका सुविधा
काठमाडौं । मेटाले फेसबुक प्रयोगकर्ताका लागि एआईमा आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले फेसबु…
डोपामिन साइट्सको नयाँ ट्रेन्ड : १ रुपैयाँ पनि खर्च नगरी अनलाइन शपिङ
काठमाडौं । के तपाईं पनि शपिङ गर्न मन पराउनुहुन्छ, तर बजेटले रोक्छ ? इन्टरनेटमा अहिले डोपामिन साइ…
पिन्टरेस्टको एआई विज्ञापन रणनीति : साना व्यवसायलाई डिजिटल बजारमा जोड्ने नयाँ प्रयास
काठमाडौं । साना तथा मझौला व्यवसाय (एसएमबी) लाई आफ्नो प्लेटफर्ममा थप आकर्षित गर्ने उद्देश्यसहित पिन्टरेस्टले दुई …
किबोर्ड सर्टकटदेखि मल्टी मोनिटर सपोर्टसम्म, पावर टोइजको नयाँ संस्करणमा के-के थपियो ?
काठमाडौं । माइक्रोसफ्टले पावर टोइजको नयाँ संस्करण ०.१०० सार्वजनिक गरेको छ । पावर टोइजको २० औँ वार्षिकोत्सवको…
५.५ जी प्रविधि के हो र यो सामान्य ५ जी भन्दा कसरी फरक छ ?
काठमाडौं । आजकल हामी सबै आफ्ना स्मार्टफोनमा ५ जी नेटवर्कको भरपूर प्रयोग गरिरहेका छौँ, तर के तपाईंले ५.…
विश्वकप २०२६ : मेटाका सबै एप अब फुटबलमय
काठमाडौं । फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै मेटाले आफ्ना लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूमा फुटबल समर्थकक…
अब खोजी गर्नै पर्दैन, गुगलको एआईले आफैं राख्नेछ सबै अपडेट
काठमाडौं । प्रविधि कम्पनी गुगलले आफ्नो एआई आधारित खोज प्रणालीलाई थप उन्नत बनाउँदै स्वचालित रूपमा सूचना खोज्ने…
क्यानडामा एआई च्याटबोट नियमन कडा बनाउने तयारी, नयाँ कानुनको मस्यौदा संसद्मा
काठमाडौं । क्यानडाले कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोट तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्दै नयाँ निय…
रेडिटमा नयाँ फिचर : अब कमेन्ट मात्र होइन, भिडियोबाट पनि दिन सकिनेछ प्रतिक्रिया
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप गरेको छ । अब प्रयोग…