नयाँ प्रविधि
च्याटजीपीटीको नयाँ भ्वाइस फिचर सार्वजनिक, कुराकानी झन् स्वभाविक हुने
काठमाडौं । ओपनएआईले च्याटजीपीटीको भ्वाइस फिचरलाई अझ प्रभावकारी बनाउन GPT Live-1 र GPT Live-1 Mini नामका दुई नयाँ मोडल सार्वजनिक गरेको छ ।
यसअघि प्रयोग हुने प्रणालीमा प्रयोगकर्ता पूर्ण रूपमा बोल्न रोकिएपछि मात्र एआईले जवाफ दिन्थ्यो । कुराकानीका क्रममा प्रयोगकर्ता केही क्षण मात्र रोकिँदा पनि एआईले कुरा सकिएको ठानेर बीचमै बोल्न थाल्थ्यो, जसले गर्दा स्वाभाविक संवादमा बाधा पुग्थ्यो ।
ओपनएआईका अनुसार नयाँ मोडलहरूले यी कमजोरीहरू हटाएर च्याटजीपीटीसँगको कुराकानीलाई मानिस–मानिसबीचको संवादजस्तै प्राकृतिक, सहज र निरन्तर बनाउनेछन् ।
नयाँ GPT Live-1 र GPT Live-1 Mini मोडलहरू डुप्लेक्स (Duplex) प्रविधिमा आधारित छन् । अब एआईले आफ्ना कुरा भनिरहँदा पनि प्रयोगकर्ताको आवाज एकैसाथ सुन्न, बुझ्न र त्यसअनुसार प्रतिक्रिया दिन सक्नेछ । यसले दुई जना मानिसबीच हुने प्राकृतिक संवादजस्तै अनुभव प्रदान गर्नेछ । साथै, यसले रियल-टाइम अनुवाद गर्न पनि सक्षम हुनेछ ।
यी मोडलहरू अझ स्मार्ट पनि छन् । यदि प्रयोगकर्ताले जटिल प्रश्न सोधे वा इन्टरनेटमा खोज्नुपर्ने विषय उठाए भने, प्रणालीले ब्याकग्राउन्डमा ओपनएआईकै शक्तिशाली GPT-5.5 मोडलको सहायता लिनेछ । यो प्रक्रिया प्रयोगकर्तालाई थाहा नहुने गरी सञ्चालन हुने भएकाले कुराकानीमा कुनै अवरोध आउने छैन ।
ओपनएआईले भ्वाइस मोडलाई अझ उपयोगी र स्वभाविक बनाउन थप सुधारहरू पनि गरेको छ । अब एआई धेरै छिटो बोलेमा प्रयोगकर्ताले बीचमै रोक्दै "बिस्तारै बोल" भन्न सक्नेछन्, र त्यसपछि एआईले आफ्नो बोल्ने गति घटाउनेछ ।
त्यसैगरी, मानिसले बोलिरहेका बेला एआईले बीच बीचमा सुन्दै गरेको संकेतस्वरूप साना प्रतिक्रिया पनि दिनेछ । ब्याकग्राउन्डमा हल्ला वा अन्य आवाज भएपनि यसले प्रयोगकर्ताको आवाज स्पष्ट रूपमा छुट्याएर बुझ्न सक्ने कम्पनीले जनाएको छ ।
नयाँ भ्वाइस मोडले अब बोल्ने मात्र होइन, स्क्रिनमा मौसम, खेलकुद, शेयर बजारलगायतका जानकारी पनि देखाउन सक्नेछ । साथै, पहिलेझैँ तस्बिर तथा फाइल अपलोड गर्ने र इन्टरनेटमा खोजी गर्ने सुविधा पनि उपलब्ध रहनेछ ।
ओपनएआईले भ्वाइस मोडलाई अझ सुरक्षित बनाउन नयाँ सुरक्षा व्यवस्था पनि लागू गरेको छ । कुराकानीका क्रममा जोखिमपूर्ण वा अनुपयुक्त विषय आएमा एआईले सुरक्षित रूपमा प्रतिक्रिया दिनेछ । आवश्यकता परेमा त्यस्ता कुराकानी रोक्न सक्ने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
विशेष गरी किशोर–किशोरीहरूको सुरक्षालाई ध्यानमा राख्दै अभिभावकहरूले भ्वाइस मोड बन्द गर्न सक्ने सुविधा पनि थपिएको छ । यदि कुनै किशोर वा किशोरीले एआईसँग आत्म-हानि वा अन्य संवेदनशील विषयमा कुरा गर्न खोजेमा, प्रणालीले अभिभावकलाई मोबाइलमा सन्देश वा सूचना (नोटिफिकेसन) पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ओपनएआईले आजैदेखि एन्ड्रोइड, आईओएस र वेब संस्करणमा च्याटजीपीटीको नयाँ GPT Live फिचर उपलब्ध गराउन सुरु गरेको छ । Go, Plus र Pro सदस्यता लिएका प्रयोगकर्ताले मुख्य GPT Live-1 मोडल प्रयोग गर्न पाउनेछन् । नि:शुल्क (Free) खाताका प्रयोगकर्ताका लागि भने यसको हल्का संस्करण GPT Live-1 Mini उपलब्ध हुनेछ ।
नयाँ प्रविधि
गुगलले सर्चमा अपलोड गरिएका फोटो, भिडियो र अडियो एआई प्रशिक्षणमा प्रयोग गर्न सक्ने, यस्तो छ सेटिङ बन्द गर्ने तरिका
काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गर्दै प्रयोगकर्ताले सर्च सेवामार्फत अपलोड गर्ने केही सामाग्री …
अब फोन नम्बर होइन, नामबाटै व्हाट्सएपमा सम्पर्क गर्न सकिने, यसरी सुरक्षित गर्नुहोस् आफ्नो युजरनेम
काठमाडौं । व्हाट्सएपले युजरनेम रिजर्भ (सुरक्षित) गर्ने नयाँ सुविधा ल्याएको छ । अब प्रयोगकर्ताले आफ्नो युजरनेम प…
जेमिनी एपमा गुगलको नयाँ ‘जेमिनी स्पार्क’, फाइल व्यवस्थापनदेखि इमेलसम्म एआईले गर्ने
काठमाडौं । गुगलले आफ्नो macOS का लागि उपलब्ध जेमिनी (Gemini) एपमा नयाँ एजेन्टिक एआई (Agentic AI) सहायक &l…
एक्सको नयाँ अपडेट : लाइभ स्टुडियो, एनालिटिक्स र पेआउट प्रणाली एकैसाथ
काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले लाइभ स्ट्रिमिङ सेवालाई थप प्रभावकारी बनाउन ‘लाइभ स्टुडिय…
प्रयोगकर्ताले आफ्नै गेम बनाउन सक्ने मेटाको एआई आधारित नयाँ एप परीक्षण चरणमा
काठमाडौं । मेटाले “Pocket” नामक नयाँ एआई-आधारित एप सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई टेक्…
‘नेपालको आफ्नै एआई इन्फ्रास्ट्रक्चर’ नारासहित ‘यतिक्लाउड डट एआई’ सेवाको शुभारम्भ
काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार उपलब्ध गराउने उद्देश्यसहित ‘यतिक्लाउड…
मेटाले ल्यायो सोचलाई टेक्स्टमा बदल्ने नयाँ एआई
काठमाडौं । मेटाले मस्तिष्कका संकेतलाई टेक्स्टमा रूपान्तरण गर्न सक्ने नयाँ कृत्रिम बौद्धिकता (एआई) प्रणाली Brain2…
थ्रेड्सको लाइभ च्याटमा थपियो नयाँ फिचर, ट्रान्सलेसनदेखि सह-होस्टसम्मको सुविधा
काठमाडौं । मेटाले आफ्नो सामाजिक सञ्जाल थ्रेड्सको लाइभ च्याट फिचरमा नयाँ सुविधा थप्दै यसको पहुँच विस्तार गरेको…
गुगल जीमेल र गुगल किपमा आउँदै एआई भ्वाइस फिचर, बोलेरै नोट बनाउन र इमेल व्यवस्थापन गर्न सकिने
काठमाडौं । गुगलले मे महिनामा आयोजित आफ्नो वार्षिक गुगल आई/ओ डेभलपर सम्मेलनका क्रममा नयाँ एआई फिचरहरूक…
फोन नम्बर साझा नगरी ह्वाट्सएप चलाउन सकिने, युजरनेमबाट कुराकानी गर्न मिल्ने
काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप सुदृढ बनाउन फोन नम्बरको सट्टा युजरनेम प्रयोग गरेर च्याट गर्न स…
इन्स्टाग्रामको नयाँ परीक्षण, एल्गोरिदममा प्रयोगकर्ताको नियन्त्रण बढ्ने
काठमाडौं । इन्स्टाग्रामले ‘Your Algorithm’ फिचर विस्तार गर्ने तयार गरेको छ । प्रयोगकर्ताले अब आफू…
विश्वकै पहिलो ‘एआई सिटी’ बन्दै : ब्राजिलले निर्माण गर्दै कृत्रिम बुद्धिमत्ताको भविष्यको सहर
काठमाडौं । पछिल्लो केही समययता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र प्रभाव तीव्र रूपमा बढिरहेको छ …
युट्युबको नयाँ एआई टुल : अब क्रिएटरले सजिलै बुझ्नेछन् दर्शकको भावना
काठमाडौं । भिडियो प्लेटफर्म युट्युबले च्यानल सञ्चालक तथा क्रिएटरहरूका लागि एआईमा आधारित नयाँ कमेन्ट व्यवस्थापन …
विश्वकै शक्तिशाली सुपर कम्प्युटरमा चीन नम्बर १, अमेरिका दोस्रो स्थानमा
काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको सूचीमा चीनले पुन: अग्रता हासिल गरेको छ । करिब आठ वर्षप…
स्क्यामबाट जोगाउन व्हाट्सएपको नयाँ फिचर, अपरिचित नम्बरमा सुरक्षा चेतावनी
काठमाडौं । व्हाट्सएपले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित बनाउन निरन्तर नयाँ सुरक्षा तथा गोपनीयता (प्राइभेसी) सम्बन्ध…